माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न


फाल्गुन ३०, २०८२, शनिबार | दिउँसो ०३:४३ बजे | 195


माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

सूर्यविनायक नगरपालिकामा नेपाल स्काउट अन्तर्गत स्थानीय स्काउट कार्यालयको आयोजनामा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। “बालमैत्री सूर्यविनायक नगरपालिका निर्माणमा बालबालिकाहरूको भूमिका” विषयमा आयोजित प्रतियोगितामा नगरभित्रका ९ सामुदायिक र १३ संस्थागत गरी २२ वटा माध्यमिक विद्यालयका ३८ जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रमको सभाध्यक्ष स्थानीय स्काउट प्रमुख आयुक्त कृष्णा थोकर रहनुभएको थियो। उद्घाटन सत्रका प्रमुख अतिथि रत्न कटुवाल (सूर्यविनायक नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख) ले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो। त्यसैगरी पुरस्कार वितरण तथा समापन सत्रका प्रमुख अतिथि सामाजिक विकास समिति संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटा रहनुभएको थियो। कार्यक्रममा विशेष अतिथि शिव कुमार त्वयाना (नेपाल स्काउट बागमती प्रदेश प्रमुख आयुक्त) रहनुभएको थियो भने अतिथिहरूमा स्थानीय स्काउट परिषद् सदस्य श्याम कृष्ण श्रेष्ठ तथा नेपाल रेडक्रस सोसाइटी गुण्डु उपशाखाका सभापति मनकराम थापा सहभागी हुनुभएको थियो । प्रतियोगितामा वेदिक माध्यमिक विद्यालयका सरस्वती थापा  प्रथम स्थान हासिल गरेका छन्। त्यसैगरी मोडर्न बोर्डिङ स्कुलका अनमोल घिमिरे द्वितीय, दधिकोट इङ्लिस स्कुलका साया डोटेल तृतीय र गणेश माध्यमिक विद्यालयका प्रशान्त तामाङले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। उक्त प्रतियोगिताको मुल्यांकन जीबनाथ अधिकारी र कविराम घिमिरे गर्नु भएको थियो। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा विद्यालयलाई  बधाई तथा धन्यवाद ज्ञापन कार्य समिती सदस्य जीवन सुवालले  ब्यक्त गर्दै बालबालिकाहरुको सक्रिय सहभागिताले बालमैत्री नगर निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

फाेटाेमा हेर्नुहाेस्...

माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Comments

ताजा खबर