‘नरिवल फुटाउने ढुंगा होइन, पूजा गर्ने देवता वन्नु’


फाल्गुन २९, २०८२, शुक्रबार | राति १०:२४ बजे | 365


‘नरिवल फुटाउने ढुंगा होइन, पूजा गर्ने देवता वन्नु’

भक्तपुर । ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरमा मानविकी संकाय अन्तर्गत कक्षा १२ मा अध्ययन पूरा गरेका विद्यार्थीलाई शुक्रबार विदाई गरिएको छ । कक्षा शिक्षकहरुको उपस्थितिमा कक्षा कोठामै सामान्य औपचारिक कार्यक्रम गरी विद्यार्थीलाई विदाई गरिएको हो ।
विदाई कार्यक्रममा शिक्षकहरुले विद्यार्थीहरुलाई भविष्यमा ख्वप माविको ब्राण्डलाई अझ उच्च बनाउन योगदान गरिरहन आग्रह गरे । पुराना शिक्षक विश्वमोहन जोशीले नरिवल फुटाउने ढुंगा होइन, पूजा गर्ने देवता वन्नुहोस् भनी शुभकामना दिए । कार्यक्रममा मानविकी संकायका इन्चार्ज राजु लासिवालगायतले विद्यार्थीलाई उज्वल भविष्यका शुभकामना व्यक्त गरेका थिए । 
 

Comments

ताजा खबर