परिणाम


फाल्गुन २२, २०८२, शुक्रबार | राति ०८:११ बजे | 90


परिणाम

डा इन्दुल केसी
कलुषित भावले फुलेका
लोलो पोतो शब्दको जाल
प्रशंसाको जय ! जय कार !!

गुलियो चास्नी–विषादी लड्डु
चाख्ने चखाउने दुवै आज
क्षणिक आनन्दमा भाव विभोर ।

दाउपेच सकुनीको – गोटिचाल
हरुवा पाण्डवहरुको वनबास
जिुतवा कौरवको हस्तिनापूरको राज ।

सत्यतथ्यको पर्दा फास भएपछि
पक्ष विपक्ष दुवैमा प्रभाव
महाभारत लडाइको परिणाम ।।
           +++

Comments