मेरो सपना
फाल्गुन १८, २०८२, सोमबार | दिउँसो १२:३५ बजे | 60
–प्रकाशचन्द्र खतिवडा
उदात्त छैनन मान्छेहरु
मुर्दालाई समेत सजाय दिई
हात पाउ बाँधिन्छ
मुखमा बत्ती सल्काइन्छ
लाइन्छ आगो
र घोचिन्छ बाँसले ।
मान्छेको शिकार गर्छ मृत्यु
अल्पायुमै मारिन्छन
नवजात शिशुहरु
आमाहरु वेदना अलाप्छन
चर्किएको छ छाती
रित्तिएको छ काख
मन कसरी बुझाउने ?
क्षत विक्षत भएको छ मन पनि ।
मृत्युको मृत्यु हुने भए
सायद, खुशी हुन्थे मान्छेहरु
मान्छे आशक्तिपन व्यक्त गर्छ
लोभको भाँडो नभरेरै
मृत्यु वरण गर्छ मान्छे ।
संसार स्वार्थले दन्किएको छ
आफ्नो विरानो नछुट्याई
युद्धमा होमिएका छन मान्छेहरु
नरसंहार हुन्छ
अनाथ हुन्छन बालबालिका
पति गुमाएर पत्नीहरु
निरास जिन्दगी बाँच्न विवश छन
नव यौवनाहरु युद्धमा मारिए पछि
घायल मन लिएर
किशोरहरु छटपटिमा बाँच्छन
युद्ध भूमि रगतले पोतिएको हुन्छ
रगतमै लडेका हुन्छन लाशहरु ।
बीभत्स समय बटुलेर
मान्छेले सुनौलो सपना देख्न सक्तैनँ
विपनाहरु भत्किएका छन
जिउँदै जलेका छन मान्छेहरु ।
मैले आफूलाई भाग्यशाली ठान्न सकिनँ
म उन्मुक्त हुन सकेको छैन
म बाट खोशिएका छन भविष्यहरु
म वर्तमान संग सन्तुष्ट छैन
मेरो विद्रोह
तिनीहरुलाई मान्य छैन
म मृत्यु संग लडिरहेको छु
मृत्यु म संग लडिरहेको छ
हाम्रो अस्तित्वको लडाइमा
हस्तक्षेप मान्य छैन
म मेरो सपना
मृत्युलाई पढाइ रहेछु
मृत्यु नतमस्तक टोलाइ रहेछ ।
सुन्दरहरैंचा –०६, दुलारी, मोरङ
९८४२०७३५२५
पउअजबलमचबद्दण्द्दघ२नmबष्।िअयm
(11)(1)(1)(1)(3)(5)(1)(2)(1)(1)(2)(1)(1)(1)(1)(2)(1)(1).jpeg)