मजदुर किसानको उम्मेदवारी
फाल्गुन १६, २०८२, शनिबार | साँझ ०४:२६ बजे | 95
सत्यराम कासिछ्वा
अन्याय अत्याचार सहन विवश
गरिब निमुखा जनताको
आवाज बनी
संसदमा नीतिनियम बनाउन
त्यसैले त मजदुर किसानको उम्मेदवारी
जनताको सेवा गर्छु भनी
खटेका जस्तो देखावटीपन
व्यवहारको त्यो बहानामा
असन्तुष्टिको त्यो आक्रोश
त्यसैले त मजदुर किसानको उम्मेदवारी
देशको स्रोतसाधन
विदेशीको पाउमा राख्न
व्याख्यात्मक टिप्पणी लगायत
वैयक्तिक स्वार्थको विरोध
त्यसैले त मजदुर किसानको उम्मेदवारी
नयाँ परिवर्तनको नाउँमा
विदेशीकै इशारामा
ऐतिहासिक तथा गौरबपूर्ण
सम्पदाको क्षतिमा विरोध
त्यसैले त मजदुर किसानको उम्मेदवारी
विदेशी शक्तिको सामु
लम्पसारको भक्ति देखाउँदै
वैदेशिक ऋण र अनुदानमा
देशको विकास देख्ने विरुद्ध
त्यसैले त मजदुर किसानको उम्मेदवारी
अपार खनिज जडीबुटी
सिचाइका खोलानाला
विदेशीलाई सुम्पिने
दलालहरुको विरुद्ध मजदुर किसान
त्यसैले त मजदुर किसानको उम्मेदवारी
अभाव र असन्तुष्टिमा
देशको नागरिकता त्याग्नेहरु
विदेशीको उक्साहतमा दोहोरो
नागरिकता लिने प्रति खबरदारी
त्यसैले त मजदुर किसानको उम्मेदवारी
आत्मनिर्भर र स्वाधीनता
विदेशीको पाउमा सुम्पिनेहरुको
विरुद्ध देशको रक्षार्थ प्रतिनिधित्व
नीतिनियम बनाउन अनिवार्य
त्यसैले त मजदुर किसानको उम्मेदवारी
सत्ता र शक्तिको भागबन्डाको
राजनीतिले खोसिएको छ
निमुखा जनताको अधिकार
त्यो स्थापित गर्नु छ
त्यसैले त मजदुर किसानको उम्मेदवारी
