मादलको आवाज
फाल्गुन ११, २०८२, सोमबार | साँझ ०६:२५ बजे | 100
तुल्सी केशरी प्रजापति
इलाम बासी दाजुभाइ दिदीबहिनीहरु मादलमा भोट,
मादल नै यहाँहरुको भविष्य निर्माणको बोट ।
हुर्काउँ बढाउँ मादललाई डाडाँकाडाँ ढाक्न देऔं ,
मादलको तालमा खुशी संसार ल्याउन देऔं ।
चुप बस्ने होइन अव मादल आएको छ,
जीवन चम्काउने स्वस्तिक हातमै पाएको छ ।
देशको भविष्य बनाउने त्यो एक मत,
मतपेटिकासामु उभिँदा हुन्छौँ हामी जीत ।
भागबन्दा र भ्रष्टहरुको दिन गए,
अब सुशासन र आर्दश समाजको दिन आए ।
एक भोट मादलले हाम्रो भविष्य बन्छ आज,
तर भोलिको नेपाल बन्छ यही आवाज ।
शिक्षा–स्वास्थ्य निःशुल्क, रोजगारीको ग्यारेन्टी,
सुशासन, न्याय र समानताको वारेन्टी —
यी सपना पूरा हुने बाटो यही,
निर्वाचनमा भोट हाल्नु मादलमा नै सही ।
अरुमा भोट बैदेशिक हस्तक्षेपको समर्थन,
गल्ती दोहोरिन दिनु अपराधको समर्थन ।
त्यसैले उठौँ, समाजवादी प्रचार अभियान
हक र अधिकारको लागि मादलमा मतदान ।
आम निर्वाचन २०८२ को आह्वान छ,
समाजवादी गणतन्त्र बनाउने यही स्थान छ ।
मादलमा भोट, जनताप्रति जिम्मेवारी,
समुन्नत नेपालको मार्ग निर्देशनको तयारी ।
