ग्लाडस्टोनमा साइन्स एण्ड टेक्नो एक्स्पो 


फाल्गुन १०, २०८२, आइतबार | साँझ ०५:२५ बजे | 140


ग्लाडस्टोनमा साइन्स एण्ड टेक्नो एक्स्पो 

सागर गुरागाईं
मध्यपुर थिमि – मध्यपुर थिमि नपा ८ मिलरोड बोडेस्थित ग्लाडस्टोन एकेडेमीद्धारा साइन्स एण्ड टेक्नो एक्स्पो २०८२ प्रदर्शनी आयोजना गरियो । ३३ वटा स्टलहरु मार्फत विद्यार्थीहरुले २० वटा टेक्नोलोजी सम्बन्धी र १३ वटा विज्ञानसँग सम्बन्धी स्टल मार्फत जानकारी दिएका थिए । हाम्रो दैनिक जीवनमा प्रयोग हुने विभिन्न विज्ञानसँग सम्बन्धित र प्रविधिसँग सम्बन्धित प्रयोगात्मक अभ्यास मार्फत अवलोकनकर्तालाई विद्यार्थीहरुले जानकारी दिएका थिए । कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरुले तयार पारेका विज्ञान र प्रविधि सम्बन्धी प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठले विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको प्रशंसा गर्दै विद्यार्थीहरुमा रहेको प्रतिभा प्रदर्शनले प्रयोगात्मक एवं व्यवाहारिक ज्ञानमा सहयोग पुगेको धारणा राख्नुभयो । वडाध्यक्ष थापा श्रेष्ठले पढाइका अतिरिक्त सिर्जनात्मक प्रतिभा प्रदर्शनको अवसर प्रदान गर्न सबै विद्यालयहरुले ध्यान दिनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमका अतिथि मध्यपुर थिमि नगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्ट, नमस्ते ख्वप टेलिभिजनका प्रबन्ध निर्देशक ऋषिकश श्रेष्ठ, शिक्षाकर्मी राजु खनाल, मध्यपुर डायरी अनलाइन टेलिभिजनका प्रबन्ध निर्देशक विज्ञान श्रेष्ठ, सञ्चारकर्मी सागर गुरागाईं लगायतले विद्यार्थीहरुको सिर्जनात्मक सिप, ज्ञान र अनुभवलाई व्यवहारमा लागु गर्दै प्रतिस्पर्धी नागरिक तयार गर्न ग्लाडस्टोन एकेडेमीले प्रयास गरिरहेको धारणा व्यक्त गर्नुभयो । उक्त कार्यक्रम प्रमुख सुरेश श्रेष्ठले किताबी ज्ञानसँगै प्रयोगात्मक अभ्यास मार्फत मात्र प्रतिस्पर्धि नागरिक तयार गर्न सकिने भएकोले ग्लाडस्टोन एकेडेमीले विद्यार्थीहरुको रुचि, क्षमता र स्तरअनुसारका अतिरिक्त क्रियाकलापमा पनि जोड दिएको बताउनु भयो । कार्यक्रममा ग्लाडस्टोन एकेडेमीका प्रधानाध्यापक विनोद कुमार कोइराला, अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्का, प्रोजेक्ट प्रमुख दिपिन श्रेष्ठ लगायतले ग्लाडस्टोन एकेडेमीले विद्यार्थीहरुको संर्वागिण विकासका लागि पाठ्यपुस्तकसँगै अतिरिक्त क्रियाकलाप मार्फत प्रतिभा प्रदर्शनको अवसर दिएर नैतिकवान एवं दक्ष जनशक्ति उत्पादनका लागि प्रयास गरिरहेको जानकारी दिनुभयो । एकेडेमीको प्राथमिक भवनमा आयोजित उक्त विज्ञान र प्रविधि प्रदर्शनी सयौं अभिभावक, विद्यार्थी एवं स्थानीय बासिन्दाहरुले रुचिपूर्वक अवलोकन गरेका थिए । 

 

फाेटाेमा हेर्नुहाेस्...

ग्लाडस्टोनमा साइन्स एण्ड टेक्नो एक्स्पो 
ग्लाडस्टोनमा साइन्स एण्ड टेक्नो एक्स्पो 

Comments