शब्दयात्रा प्रकाशनमा बालसाहित्य पुरस्कारको स्थापना


फाल्गुन १०, २०८२, आइतबार | विहान १०:०८ बजे | 115


शब्दयात्रा प्रकाशनमा बालसाहित्य पुरस्कारको स्थापना

शब्दयात्रा प्रकाशनमा बालसाहित्य पुरस्कारको स्थापना गरिएको छ । उक्त पुरस्कार २०८३ सालदेखि समर्पण गरिने भएको छ । पुरस्कारको नाउँ ‘शब्दयात्रा गोपाल पराजुली बालसाहित्य ुरस्कार’ राखिएको छ । पुरस्कारको अक्षयकोषका लागि हिजो फागुन ९ गते सम्झौता गरिएको छ । सम्झौतापत्रमा शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले र कोष व्यवस्थापकका रूपमा बालसाहित्यकार गोपाल पराजुलीकी धर्मपत्नी माधवी पराजुलीले हस्ताक्षर गर्नुभएको छ । पुरस्कारको अक्षयकोषका लागि माधवी पराजुलीले शब्दयात्रा प्रकाशनलाई बैङ्कको चेक हिजै उपलब्ध गराउनुभएको छ । यो पुरस्कारसमेत शब्दयात्रा प्रकाशनले हरेक वर्ष समर्पण गर्ने पुरस्कारहरू १९ वटा भएका छन् ।

Comments