बरिष्ठ गायक आनन्द कार्कीलाई क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार प्रदान


फाल्गुन १०, २०८२, आइतबार | विहान १०:०६ बजे | 115


बरिष्ठ गायक आनन्द कार्कीलाई क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार प्रदान

जयराम बिडारी

फाल्गुन ९,काठमाण्डौ नेपाली गीत-संगीतको क्षेत्रमा चार दशकदेखि अनवरत साधना र विशिष्ट योगदान पुर्‍याउँदै आउनुभएका वरिष्ठ गायक आनन्द कार्कीलाई 'क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार' बाट सम्मानित गरिएको छ। सूचक प्रकाशनको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात प्रेक्षालयमा शनिवार आयोजित एक भव्य समारोहका बीच कार्कीलाई उक्त पुरस्कार प्रदान गरिएको हो। साहित्यकार सपना लामिछानेको कविता कृति ‘जिन्दगी एक यात्रा’ को परिचर्चा कार्यक्रमको अवसर पारेर कार्कीलाई खादा, माला, प्रमाणपत्र र नगद राशिसहित पुरस्कृत गरियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, विशिष्ट अतिथिहरू र कृतिकारले संयुक्त रूपमा उहाँलाई सम्मान अर्पण गर्नुभएको थियो। सम्मान ग्रहण गरेपछि भावुक बन्दै गायक कार्कीले पुरस्कारको ओज राशिमा नभई त्यसले दिने जिम्मेवारीमा हुने बताउनुभयो। हङकङको सांगीतिक कार्यक्रम छोट्याएर पुरस्कार थाप्न नेपाल आइपुग्नुभएका कार्कीले भन्नुभयो । यस्ता सम्मानले विगत ३-४ दशकदेखिको मेरो सांगीतिक कर्मलाई अझ बढी जिम्मेवार बनाएको महसुस गरेको छु।" कार्यक्रमका प्रमुख अतिथि कुलपति भूपाल राईले सूचक प्रकाशनले सुरु गरेको यो सम्मान अभियान केवल औपचारिकता मात्र नभई स्रष्टाको अनुशासन, साधना र युगीन दायित्वको मानक भएको विचार व्यक्त गर्नुभयो। उहाँले धम्मवती गुरुमाँ र स्वामी आनन्द अरुण जस्ता व्यक्तित्वलाई सम्मान गर्ने संस्थाले गायक आनन्द कार्कीलाई छनोट गर्नु 'योग्य संस्थाको सुयोग्य पात्र चयन' भएको टिप्पणी गर्नुभयो। जिन्दगी एक यात्रा' को सुगन्ध प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले सपना लामिछानेको कृति 'जिन्दगी एक यात्रा' मा देशभक्ति, मातृत्व प्रेम र सामाजिक यथार्थको सुन्दर संयोजन रहेको बताउनुभयो । वहाँले भाषा,कला,साहित्य र जीवन भोगाइका जागरुकताका खातिर ‘जिन्दगी एक यात्रा’ कृति प्रेरक रहेको बताउनु भयो ।कवितासंग्रह पढिसक्दा देशभक्ति, मातृत्व प्रेम,कारुणिकता र सामाजिक विषयवस्तुका शाब्दिक सामर्थ्यले सुवासित हुने उल्लेख गर्दै ।समकालीन जीवनदर्शनको मार्मिक अभिव्यक्ति भएको बताउँदै हरेक सांगोपांग समीक्षा गर्नुभयो । कार्यक्रममा कविहरू अप्सरा केसी, रुबि सत्याल, गङ्गा खतिवडा र कमला घिमिरे अधिकारीले सङ्ग्रहका कविताहरू वाचन गर्नुभएको थियो। कार्यक्रमको सुरुमा स्वर्गीय क्याप्टेन रतनबहादुर लामिछानेको स्मृतिमा ३० सेकेण्ड मौन धारण गरिएको थियो। समारोहमा गीतकार संघका पूर्व अध्यक्ष चुडामणि देवकोटा, बौद्ध अध्येता श्यामलाल चित्रकार, पत्रकार राजेश खनाल, डिबी पराजुली, नियात्राकार राजेन्द्रमान डङ्गोल, साहित्यकार इल्या भट्टराई लगायतको बाक्लो उपस्थिति थियो। स्रष्टा पदयात्रा नेपालका महासचिव गङ्गाप्रसाद भेटवालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण नवीन पल्लवले गर्नुभएको थियो। स्व. लामिछानेकी सुपुत्रीद्वय रचयिता र रीति लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थिय । कार्यक्रमका बारेमा प्रतिक्रिया दिंदै सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल 'दीपसागर' ले कला, साहित्य र स्रष्टाको सम्मान गर्ने अभियानमा साथ दिने सबैप्रति आभार प्रकट गर्नुभयो । अभिनन्दनका साथै सुप्रसिद्ध वरिष्ठ गायक आनन्द कार्कीलाई गरिएका सम्मानबाट योग्य संस्थाको सुयोग्य पात्रको चयनका रुपमा बुझ्न सकिने विचार व्यक्त गरे । सामाजिक उत्तरदायित्व प्रतिको गहन जिम्मेवारी निभाउने प्रकाशनका अध्यक्ष दीपक भेटुवाल दीपसागरको भूरीभूरी प्रसंशा गर्दै यस्ता कार्यले सम्मान लिने र दिने दुवैको ओज बढाएको बताए । यसैगरी नेपाल कार्यक्रममा राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपालले साहित्यले समाजलाई अगाडि बढाउने बताउँदै सिर्जना गर्ने हरेक व्यक्तिले समाजलाई डोर्‍याउने उल्लेख गरे । उनले आर्थिक विश्लेषणका फरक धारमा अभिव्यक्त गरिने आफ्ना विगतका नियमित धारणाहरुको कर्मभन्दा आजकोा यस विशिष्ट साहित्यिक कार्यक्रममा सहभागिता जनाउन पाएकोमा असीम आनन्द मिलेको समेत बताउंदै लामिछानेलाई कृति सफलताका लागि शुभकामना व्यक्त गरे । कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा गीतकार संघ नेपालका पूर्व अध्यक्ष चुडामणि देवकोटाले गायक आनन्द कार्की विशिष्ठ क्षमताले धनि रहेका लामो समय देखि गीत संगीतको माध्यमबाट देश विदेशमा परिचर्चा र प्रशिद्धि कमाएका योग्य पात्रको जयन गरेकामा सूचकको प्रशंसा गरे । कृतिकार लामिछानेको कृति सफलताका लागि शुभकामना व्यक्त गर्दै खारिएका माझिएका र उत्कृष्ट कृतिहरुको सिर्जनाका लागि शुभकामना व्यक्त गरे । सो समारोहमा बौद्ध अध्येता एवं सम्यक् सन्देशका सल्लाहकार श्यामलाल चित्रकार १२ खरी अनलाइनका पत्रकार राजेश खनाल, सारा खवरका डिबि पराजुली,प्रशिद्ध नियात्राकार राजेन्द्रमान डङ्गोल साहित्यकार इल्या भट्टराई,वीणा पौड्याल लगायत अमर कीर्तिमानो उपन्यासकार रुबि सत्याल लगायत सयौंका संख्यामा विशिष्ट व्यक्तित्व एवं साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा समारोहमा कवि सपना लामिछानेद्वारा लेखिएको कविता सङ्ग्रह ‘जिन्दगी एक यात्रा’ बाट कविहरु अप्सरा केसी, रुबि सत्याल,गङ्गा खतिवडा र कमला घिमिरे अधिकारीले एक एक रचना वाचन गरेका थिए । प्रमुख अतिथिद्रारा पानसमा दीप प्रज्वलित गरी राष्ट्रिय गान बजाएर सुरुवात गरिएको कार्यक्रममा स्वर्गीय क्यप्टेन रतनबहादुर लामिछानेप्रति ३० सेकेण्ड मौन धारण गरिएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

बरिष्ठ गायक आनन्द कार्कीलाई क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार प्रदान

Comments