स्नातक उत्तीर्ण विद्यार्थीहरु दीक्षित
फाल्गुन ७, २०८२, बिहीबार | साँझ ०५:०३ बजे | 90
कीर्तिपुर, फागुन ७ गते । स्नातक उत्तीर्ण विद्यार्थीहरुलाई मंगल बहुमखी क्याम्पसले दीक्षित गरेको छ । क्याम्पस स्थापना भएको १९ वार्षिकोत्सवमा ती विद्यार्थीहरुलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले ४३ जनालाई दीक्षित गर्नुभएको हो । कीर्तिपुर नयाँबजारस्थित केएनएस प्यालेसमा बिहीबार आयोजित कार्यक्रममा दीक्षित हुने विद्यार्थीहरुलाई विदेशमा गएर अध्ययन गर्नुभन्दा पनि त्रिभुवन विश्वविद्यालयमै भर्ना भएर आफ्नो भविष्य निर्माण गर्न आह्वान गर्नुभयो । उहाँले उच्च शिक्षालाई विश्वस्तरको बनाउनको लागि छुट्टै आयोग स्थापनामा जोड दिनुहुँदै हरेक क्याम्पसले अनुसन्धानमा काम गर्नु आवश्यक भएको चर्चा गर्नुभयो घ। नेपालमा रहेका सामुदायिक क्याम्पसले शैक्षिक स्तरमा उल्लेखनीय योगदान दिएको बताउनुहुँदै सरकारले गरेको सहयोगमा वृद्धि हुन आवश्यकतामा जोड दिनुभयो । यस्तै, वागमति प्रदेशका सदस्य पुकार महर्जनले वागमति प्रदेशले सामुदायिक क्याम्पसलाई आवश्यकताको आधारमा सहयोग गरिने बताउनुभयो । उहाँले सरकारले स्नातक उत्तीर्ण परीक्षार्थीलाई रोजगार दिने गरी शिक्षा नीतिलाई परिवर्तन गर्नपर्ने धारणा राख्नुभयो । कीर्तिपुर नगरपालिकाका उपप्रमुख सुनिता शाक्यले विद्यार्थीहरुलाई रोजगार दिने गरी प्राविधिक शिक्षामा जोड दिनुभयो । कीर्तिपुरमै स्थापना भएको त्रिभुवन विश्वविद्यालयले यहाँका सामुदायिक क्याम्पसहरुलाई विशेष रुपमा सहयोग गर्नुपर्छ, उहाँले भन्नुभयो । क्याम्पस व्यवस्थापन सञ्चालक समितिका अध्यक्ष तथा मगंल रिसर्च जर्नलका प्रधानसम्पादक प्राडा लक्ष्मीबहादुर महर्जनले त्रिभुवन विश्वविद्यालयसँग हातेमालो गरेर शैक्षिक उन्नयनको लागि योगदान दिने बताउनुभयो । क्याम्पस प्रमुख प्रदिप महर्जनले देशको माटो सुहाउँदो शिक्षा अपरिहार्य रहेको बताउनुहँुँदै चाँडै स्नातकोत्तर तहमा पनि शिक्षा दिने प्रक्रियामा रहेको जानकारी दिनुभयो । यस्तै, कार्यक्रममा कृष्ण हीरा अक्षयकोष, रत्नबहादुर स्नातक, रत्नभाई नगद, विद्यानन्द नगद, रुद्रबहादुर स्मृति, टिकाचन्द्र विश्व अक्षय कोष, खेम, अनिस स्मृति, जुलुम शाक्य स्मृति, जया रत्ना नामका पुरस्कारहरु वितरण गरिएको थियो । भोजपुर नगरपालिका १२, टक्सारबाट अध्ययन गरेर दीक्षित हुनुभएका दिपेश शाक्यले यस क्याम्पसमा पाएको उत्कृष्ट शिक्षा र दीक्षालाई देश र समाजको हितको लागि सदुपयोग गर्ने प्रतिक्रिया दिनुभयो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकशिक्षिकाहरुले देउडा, नेवारी, तामागं सेलो, रिमिक्स नाचहरु, उखान टुक्का, मुक्तक, कविता र गीत प्रस्तुत गर्नुभयो थियो ।
फाेटाेमा हेर्नुहाेस्...
