नेपाल स्रष्टा समाजको साहित्यिक बनभोज


फाल्गुन ३, २०८२, आइतबार | विहान ११:१५ बजे | 130


नेपाल स्रष्टा समाजको साहित्यिक बनभोज

भक्तपूर । नेपाल स्रष्टा समाजको आयोजनामा साहित्यिक बनभोज कार्यक्रम सम्पन्न भएको छ । भक्तपूरको च्वङथलीमा शनिबार आयोजित बनभोज कार्यक्रममा समाजसँग आवद्ध साहित्यकार लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । उक्त पिकनिक कार्यक्रममा सहभागी स्रष्टाहरुले विभिन्न मनोरञ्जनात्मक प्रस्तुति र रचना बाचन गरेका थिए । प्रणय दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी युगल जोडीलाई समाजका सल्लाहकार प्रा.डा.लक्ष्मणप्रसाद गौतमले सम्मान गरेका थिए । नेपाल स्रष्टा समाजको केन्द्रीय समितिले हरेक वर्ष यस्तो बनभोज कार्यक्रम आयोजना गर्ने गरेको छ ।

Comments