विनायक शैक्षिक प्रदर्शनी २०८२ सम्पन्न


फाल्गुन १, २०८२, शुक्रबार | राति ०९:०१ बजे | 180


विनायक शैक्षिक प्रदर्शनी २०८२ सम्पन्न

विनायक शिक्षा निकेतनको ३७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित विनायक शैक्षिक प्रदर्शनी को उद्घाटन काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक डा. चेतनाथ पन्तज्यूले गर्नुभयो। विद्यालयले केही वर्षदेखि Steam Approach मा विद्यार्थीहरूलाई पठनपाठन गरिँदै आइरहेको जानकारी गराउँदै प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिज्यूले pre school देखि सेकेन्डरी तहसम्मका विद्यार्थी भाइबहिनीहरूले Science, Maths,Computer,Robotic,Social, Local curriculum , English ,Nepali र विविध स्थानीय संस्कृति झल्किने बाजागाजाको सहित विविध १०० वटा भन्दा बढी स्थलहरू हरूको प्रदर्शनी रहेको जानकारी गराउनुभयो। प्रमुख अतिथि डा.चेतनाथ पन्त ज्यूले यस्तो किसिमको प्रदर्शनीले विद्यार्थी भाइबहिनीहरूको सिकाई क्षमता अभिवृद्धि हुने र शिक्षाको गुणस्तर वृद्धि हुने कुरा बताउनुभयो। प्रदर्शनीका साथसाथै बालबालिकाहरूको प्रतिभालाई प्रस्फुटन गर्नको लागि एकल गायन प्रतियोगिता को पनि आयोजना गरिएको थियो। सय जनाभन्दा बढी विद्यार्थीहरूबाट छनौट गरी अन्तिम १० जना विद्यार्थीहरूको बीचमा भएको गायन प्रतियोगितामा प्रथम क्रिस्टिना धौबन्जा, दोस्रो प्रकृति सिंह ठकुरी र तेस्रो स्थानमा रियानसी श्रेष्ठ हुन सफल भएको थियो ।विजयी विद्यार्थी भाइबहिनीहरूलाई मध्यपुर थिमी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अरुणा कारजित ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो। एक हजारभन्दा बढी अभिभावक तथा विद्यार्थी भाइबहिनीहरूले अवलोकन गर्नुभएको आजको शैक्षिक प्रदर्शनीलाई भव्यताका साथ सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक आदरणीय अभिभावक र शुभचिन्तक विद्यार्थी भाइबहिनीहरूलाई धन्यवाद ज्ञापन गर्दै यस प्रकारको शैक्षिक प्रदर्शनी प्रत्येक वर्ष गरिने जानकारी विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिज्यूले बताउनुभयो।

फाेटाेमा हेर्नुहाेस्...

विनायक शैक्षिक प्रदर्शनी २०८२ सम्पन्न

Comments