यसरी सकियो एभरेस्ट स्कुलको ४३ औं वार्षिकोत्सव


फाल्गुन १, २०८२, शुक्रबार | राति ०७:४० बजे | 60


यसरी सकियो एभरेस्ट स्कुलको ४३ औं वार्षिकोत्सव

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा एभरेष्ट इंगलिश स्कूलको ४३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले शिक्षा व्यापार होइन, राज्यको जिम्मेवारी हो भन्नुभयो ।

भक्तपुरको शैक्षिक इतिहास बाकेको एभरेष्ट स्कूलले शैक्षिक जगतमा निरन्तर उत्कृष्टता हासिल गर्दै आइरहेको बताउँदै उहाँले कुनै पनि संस्थाको दिगो विकासमा नेतृत्वको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

एभरेष्ट स्कूलले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यालयहरुलाई पुस्तक हस्तान्तरण गरी पठन संस्कृतिलाई अझ मजबुत बनाउन हौसला पुग्ने बताउँदै उहाँले भक्तपुर नगरपालिकाले विद्यालयलक्षित गतिविधिमा जोड दिँदै आएको बताउनुभयो ।

विद्यार्थीहरुलाई सामाजिक सञ्जालबाट टाढा राख्नुपर्ने, कुलतबाट जोगाउनुपर्ने र असल संगतको लागि प्रेरित गर्नुपर्ने बताउँदै उहाँले भक्तपुरमा ज्ञानको गुणस्तरमा भएको प्रतिस्पर्धाले भक्तपुर आज ज्ञानविज्ञानको केन्द्रको रुपमा विकास हुन सफल भएको बताउनुभयो ।

प्रमुख प्रजापतिले गुणस्तरीय शिक्षाले मात्रै नयाँ पुस्ताको भविष्य उज्ज्वल हुने बताउँदै शिक्षामा विभेद गर्नुहुन्न भन्ने मान्यताले सामुदायिक र संस्थागत विद्यालयहरुलाई समान ढंगले अगाडि बढाउने नीति अवलम्बन गर्दै आएको बताउनुभयो ।

बालबालिकाको व्यक्तित्व विकासमो महत्वपूर्ण अस्त्रको रुपमा विद्यालयले सञ्चालन गर्ने अतिरिक्त क्रियाकलापहरु हुन् भन्दै उहाँले भक्तपुर नपाले यहाँका विद्यालयहरुलाई आर्थिक, नैतिक र भौतिक सहयोग पनि गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि प्रदिपकुमार राईले वार्षिकोत्सवको अवसरमा एभरेष्ट स्कूलले विद्यालयहरुलाई पुस्तक हस्तान्तरण कार्यक्रमलाई आगामी दिनहरुमा निरन्तरता दिने विश्वास व्यक्त गर्दै यसले देशको शैक्षिक किवासमा पनि टेवा पुग्ने बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल भक्त राजभण्डारीले विद्यालयको शैक्षिक गतिविधिबारे प्रष्ट पार्दै सामाजिक तथा शैक्षिक अभियानमार्फत विद्यालय अगाडि बढिरहेको बताउनुभयो । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउँदै आएको बताउँदै उहाँले विद्यालयको भावी योजनाबारे अवगत गराउनुभयो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले एसर्ईई २०८१ मा ४ जीपीए ल्याएका विद्यार्थीलाई सम्मान गर्नुका साथै एभरेष्ट जन्म दिन कोष २०८२ बाट संकलित रकमद्वारा टीकापुर ९ झुंगा, कैलालीस्थित सेतीमैया चौधरी मावि, भोजपुर ४ दावाँस्थित सिद्धेश्वर माध्यमिक विद्यालय, जीतपुरमिरा २ दशविगाह, बारास्थित सरस्वती आधारभूत विद्यालयहरुलाई पुस्तक हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरु सिल्भिया खड्का र मनग्य जोन्छेले पनि बताउनुभयो

फाेटाेमा हेर्नुहाेस्...

यसरी सकियो एभरेस्ट स्कुलको ४३ औं वार्षिकोत्सव
यसरी सकियो एभरेस्ट स्कुलको ४३ औं वार्षिकोत्सव
यसरी सकियो एभरेस्ट स्कुलको ४३ औं वार्षिकोत्सव
यसरी सकियो एभरेस्ट स्कुलको ४३ औं वार्षिकोत्सव

Comments