शैक्षिक योग्यताका सार्र्र्थै उच्च व्यावहारिक र व्यावसायिक सीप पनि हुनुपर्नेमा जोड


फाल्गुन १, २०८२, शुक्रबार | राति ०७:११ बजे | 65


शैक्षिक योग्यताका सार्र्र्थै उच्च व्यावहारिक र व्यावसायिक सीप पनि हुनुपर्नेमा जोड

भक्तपुर, फागुन १ गते । वागीश्वरी कलेज, कमलविनायकमा सञ्चालित तीन महिने (५० घण्टे) लेखा प्राविधिक तालिम आज सम्पन्न गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनील प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त तालिम समापन कार्यक्रममा उहा“ले उच्च शैक्षिक योग्यताका सार्र्र्थै उच्च व्यावहारिक र व्यावसायिक सीप पनि हुनुपर्नेमा जोड दिनुभयो । 
उहा“ले भन्नुभयो – ‘शैक्षिक योग्यता भएर पनि हातमा कुनै सिप नभएकाहरु बेरोजगार भएर बसेका धेरै उदाहरणहरु छन् तर उच्च शैक्षिक योग्यता नभएर पनि हातमा सिप भएकाहरुलाई कहिल्यै फुर्सद, हु“दैन । त्यसैले कलेजले शैक्षिक योग्यतास“ग व्यावसायिक दक्षताको सीप प्रदान गर्न यस्तो तालिमको व्यवस्था गरेको हो ता कि हाम्रा कोही पनि विद्यार्थी बेरोजगार भएर बस्न नपरोस । ’
उहा“ले कक्षामा पढाउ“दा वा यस्तो तालिम दिंदा सबैलाई समान ढङ्गले पढाए वा सिकाए पनि विद्यार्थीको फरक फरक गुणले नतिजा फरक फरक आउने चर्चा गर्दै उत्कृष्टताकोे लागि सबैले आÇनो मौलिकता प्रदर्शन गर्ने सोच आवश्यक हुन्छ भन्नुभयो । 
वागीश्वरी कलेजको मौलिकता समाजको लागि सिपयुक्त जनशक्ति उत्पादन गर्ने हो भन्दै उहा“ले विद्यार्थीहरु सांस्कारिक र व्यावहारिक हुनुपर्ने दृष्टान्तहरु दिनुभयो । 
व्यापारीकरणले शिक्षा मह“गो भएको वर्तमानमा वागीश्वरी कलेजले सस्तोमा स्तरीय शिक्षा प्रदान गरिरहेको कुरा स्वयं विद्यार्थीहरु साक्षी भएको उल्लेख गर्दै उहा“ले ठूला र मह“गा कलेजहरु पनि वागीश्वरीको अवलोकन गर्न आएबाट यसको गुणस्तरीयता पुष्टि हुन्छ भन्नुभयो । 
विद्यार्थीले आर्जन गरेको योग्यता र सिप देश र जनताको सेवामा लगाउनुपर्ने सुझाव दिंदै उहा“ले कुनै पनि विद्यार्थीलाई अनुशासन र दृढ इच्छाशक्तिसहितको निरन्तर प्रयासले सफलतामा पु¥याउने विचार व्यक्त गर्नुभयो । 
हाल वागीश्वरी कलेजमा ५९ जिल्लाका विद्यार्थीहरु अध्ययनरत बताउ“दै उहा“ले युवा विद्यार्थीहरु विचारविनाको भीड बन्यो भने त्यो अराजक बन्ने खतरा हुन्छ भनी सचेत पार्नुभयो । उहा“ले भन्नुभयो ‘सही नेतृत्व र नीतिले मात्र देश बन्छ † लहलहैमा लाग्नुहुदैन ।’
कार्यक्रममा अतिथि वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले कोर्षको सैद्धान्तिक पक्षलाई व्यावहारिक बनाउन कलेजले दिएको लेखा प्राविधिक तालिम अत्यत्त सान्दर्भिक र विद्यार्थीको लागि उपयोगी हुने बताउ“दै विद्यार्थीले यसलाई महŒवपूर्ण पुजीको रूपमा उपयोग गर्न सुझाव दिनुभयो । 
कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले विद्यार्थीको योग्यता र क्षमता नै कलेजको शक्ति हो भन्दै विद्यार्थीको त्यही शक्तिको आधारमा कलेजले क्यूएए प्राप्त गरेको बताउनुभयो । 
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा मानविकी सङ्कायका इन्चार्ज राजन फेलुले स्वागत मन्तव्य राख्नुभएको थियो  भने अर्थशास्त्र विषय शिक्षक मिरा प्रजापति, प्रशिक्षक आशिष साखकर्मी र प्रशिक्षार्थीहरुमध्येबाट रामकुमार बस्नेतले तीन महिनाको तालिमको अनुभव सार बताउनुभएको थियो । 
तालिममा ४८ जना विद्यार्थीहरु सहभागी भए पनि ३६ जनाले मात्र तालिम सफलतापूर्वक पूर्ण गरेका थिए । सफल प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
 

फाेटाेमा हेर्नुहाेस्...

शैक्षिक योग्यताका सार्र्र्थै उच्च व्यावहारिक र व्यावसायिक सीप पनि हुनुपर्नेमा जोड

Comments