नौ सदस्यीय कार्यसमिति गठन गर्दै हिसान तारकेश्वरको दोस्रो अधिवेशन सम्पन्न
माघ २८, २०८२, बुधबार | राति ०७:१३ बजे | 100
माधव घिमिरे 'अटल'
२८ माघ, काठमाडौं
लीलबहादुर पुनको अध्यक्षतामा हिसान तारकेश्वरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सोमबार साँझ दियालो फुडल्याण्डमा आयोजित कार्यसमितिमा उपाध्यक्षमा शिवप्रसाद अर्याल, सचिवमा कमल प्रसाद ज्ञवाली, कोषाध्यक्ष कोषाध्यक्षमा सुष्मा श्रेष्ठ,सह-सचिवमा बद्रीनाथ भट्ट, सह-कोषाध्यक्षमा राजेश रायमाझी तथा सदस्यहरूमा इन्द्रायण प्रधान, राजेन्द्र पाण्डे र थिरबहादुर बस्नेत चयन हुनुभएको छ । त्यसरी नै सल्लाहकारहरूमा लोकेन्द्रबहादुर खड्का, जुद्धबहादुर पुन र राजेन्द्रप्रसाद फुयाँललाई मनोनित गरिएको छ । हिसान केन्द्रीय अध्यक्ष युवराज शर्माको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा हिसान केन्द्रका वरिष्ठ उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, उपाध्यक्ष विष्णुराज पौडेल महासचिव रामहरि सिलवाल, कोषाध्यक्ष शिव अधिकारी, प्याब्सन केन्द्रीय समिति सदस्य लोकेन्द्रबहादुर खड्का, हिसान काठमाडौंका अध्यक्ष जेसिका चेम्जोङ, वरिष्ठ उपाध्यक्ष गोपिराज पराजुली, प्याब्सन वागमती प्रदेशका सदस्य राजेन्द्र प्रसाद फुयाँल, प्याब्सन काठमाडौंका उपाध्यक्ष ऋषि न्यौपाने, हिसान किर्तिपुर, नागार्जुन र चन्द्रागिरीका अध्यक्ष जयराम चापागाई, प्याब्सन तारकेश्वरका अध्यक्ष गोपाल बुढाथोकी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि युवराज शर्माले नेपाल यही फागुन २१ मा हुन गइरहेको चुनावमा संस्थागत विद्यालयलाई घाँटी निमोठ्नेहरुलाई निर्वाचित गराउन नहुने बताए । शर्माले नयाँ आउने सरकार संस्थागत विद्यालय विरोधी हुन सक्ने आशङ्का रहेको भन्दै दलहरुको घोषणापत्र हेरेर हिसानले आफ्नो धारणा सार्वजनिक गर्नेछ । त्यस्तै प्याब्सन केन्द्रीय समिति सदस्य लोकेन्द्रबहादुर खड्काले हिसानले परीक्षा र तालिमका कार्यक्रम गर्नुका साथै महत्त्वपूर्ण, एवम् अपरिहार्य खालका सीमित ईसीए कार्यक्रम गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै हिसान जिल्ला अध्यक्ष जेसिका चेम्जोङले तारकेश्वर हिसानको क्रियाकलापबाट जिल्ला र केन्द्रले सिक्न आवश्यक भएको बताए । कार्यक्रममा हिसान तारकेश्वरका निर्वाचित उपाध्यक्ष शिवप्रसाद अर्यालले स्वागत मन्तव्य राख्दै हिसान लगायत प्यावब्सन, एनप्याब्नले संस्थागत विद्यालयको हक हितका लागि सहकार्य गरेर खबरदारी गर्नुपर्ने खाँचो अौँल्याए । कार्यक्रममा एन्जल्स हार्ट मा.वि.का विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने सभापति हिसान तारकेश्वरका अध्यक्ष लीलबहादुर पुनले गरेका थिए भने सहजीकरण सचिव कमल ज्ञवालीले गरेका थिए । हिसान तारकेश्वरमा आबद्ध ११ विद्यालयबाट ९ सदस्यीय कार्यसमिति निर्वाचित भएको हिसान तारकेश्वरका अध्यक्ष लीलबहादुर पुनले बताए ।
.jpg)