निर्मला र भागिरथीहरू
फाल्गुन १०, २०७७, सोमबार | विहान ०२:३९ बजे | 15
पदम दाहाल
कसैमा चढेछ उन्माद
अस्तित्वनामेट भएछ कसैको भक्कानो फुटाएर सुक्सुकाइरहेछन्
मेची–कालीभित्रकाहिमाल–तराईहरू
आधीआकाशको भाग्यखोटिएकोमा
बिर्सिन सकेनन् हराउँदो न्यायनिर्मलाहरूले
फगत सुर्ताएर टोलाइरहे बाबुहरू
लाचार छाया बनेर
आफैं चढिरहे तराजुमा
न्यायकापारखीहरू ।
रोइरहेछ महाकाली
नारी अस्मिता लुटिएकोमा
आँसु बगिरहेछआमाको
भागिरथीको नृशंस बलात्कार र हत्यामा
मौन छ स्तब्ध छ माटो
भागिरथीको क्षतविक्षतजुनी
आफ्नै बगरमा समाधिस्थगरिएकोमा ।
किशोरीको सौन्दर्यताआफैं
रूपान्तरित छ अपराधमा
अनूदित छ हिंसामा
सम्मानपूर्वक बाँच्ननपाएका
निर्मला र भागिरथीहरू देखेर
आफ्नै निर्लज्ज पुरुषत्वमाथिप्रश्नगर्दै
अभिशापभोगिरहेछन् बबुरा बाबुहरू
राष्ट्रिय झण्डा सहित
आफ्नै काखमालुकाउनु पर्दा
एक असल छोरीलाई
फेरि पनिजन्माऊन् आमाले यहीं नै
तर नबगून् महाकालीजस्तै बनेर
अविरलआँसुका भेलहरू छातीमा ।