नेपालको मौसम


माघ २६, २०८२, सोमबार | साँझ ०५:०५ बजे | 220


नेपालको मौसम

डा इन्दुल केसी 
यहाँ एक महिना मनसुन
बाह्रै महिना भनसुन ।
नायक खलनायक कलाकार
सधैं ताण्डव नृत्य गर्न तयार ।

आलो पालो नेतृत्वको भागबण्डा
माओवाद, समाजवाद, खाओवाद वर्वाद ।
राजनीति, कूटनीति, गुटनीति
कसैलाई पछार्ने, कसैलाई थचार्ने कुनीति ।

साउने झरी जस्तो प्रतिबद्धता, एकता
छिनछिनमा विभाजन को कता, को कता ?
बोलीबाट शब्दको गोली बर्सन्छ
कथित जनयुद्धमा १७ हजार जनता स्वाहा ।

जो छ बहादुर, ५ हजारको जिम्मेवारी बोक्छ
अनि बाँकी बाह्रहजारको जिम्मेवार को हुन्छ ?
समाजवादी, राजावादी, खाओवादीमा भाँडभैलो
भागवण्डामा कसैलाई ह्याकुला, कसैलाई बाक्लो छाला ।

सोझा निमुखाहरूको घरमा चुल्हो बल्न गाह्रो
वीर नेपाली कहलाउनेहरू केवल मुक दर्शक ?
 

Comments