धरः पौका अभियन्ता प्राडा चुन्दा बज्राचार्य नामक कृति सार्वजनिकरण
माघ २४, २०८२, शनिबार | राति ०८:३२ बजे | 330
प्रताप राना
काठमाडौ । राजधानीको सीतापाइलास्थित टाइम्स एलिमेन्ट्री स्कुलमा फणीन्द्र रत्न बज्राचार्यको प्रमुख आतिथ्यमा एक भव्य समारोहविच स्वयम्भू रत्न शाक्यद्वारा लिखित “धर; पौका अभियन्ता प्राडा चुन्दा बज्राचार्य “ नामक पुस्तक सार्वजनिकिकरण गरिएको छ । उक्त कार्यक्रममा सभाध्यक्ष प्राडा चुन्दा बज्राचार्य थिए । त्यस्तै अतिथिहरू डा केशव मान शाक्य, डा शंकर प्र भण्डारी, डा इन्दुल केसी, हरि मञ्जुश्री, रिसव गौतम, ज्ञान काजी महर्जन, स्वयम्भू शाक्य र विभिन्न विद्वान, विज्ञ, पत्रकार अन्य गन्यमान्य माहानुभावहरूको उपस्थिति थियो ।
सिर्जनात्मक कृतित्वहरूमा सौन्दर्य र कलात्मक लेखन शैलीका साहित्यकार नेपाल भाषा साहित्य र इतिहास समेत जानकारी दिने गरि पुस्तक तयार गर्नुहुने स्वयम्भू शाक्य र नेपाल भाषामा विद्या वारिधि गर्ने प्रथम महिलाका साथै उच्च प्राज्ञिक अध्यन र अनुसन्धान गर्दै नेपाल भाषा साहित्य सस्कृति र इतिहास विषयमा गहकिलो कृति रचना गर्नुहुने “धर पौका अभियन्ता प्राडा चुन्दा बज्राचार्यलाई सबै वक्ताहरूले मुक्तकण्ठले प्रशंसा गरेका थिए । उक्त समारोहमा आयोजक संस्थाबाट प्रत्यक्ष र अप्रत्यक्षरूपमा अनुकूल सहयोग गर्नेहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । त्यसैगरी हरी मञ्जुश्रीको रचना संगीत र स्वरमा शब्द यात्रा प्रकाशनद्वारा उत्पादित २४ वटा गीतहरूवारेमा पनि चर्चा गरिएको थियो ।
शब्दयात्रा प्रकाशन संबधि संक्षिप्त जानकारी तथा विमोचित कृतिबारे आफ्नो गहन धारणा हरी मञ्जुश्रीले राख्नुका साथै वरिष्ठ साहित्यकार पत्रकार तथा वहुमुखि प्रतिभाशाली व्यक्तित्व “नेपाल रत्न“ डा इन्दुल केसीबाट विमोचित पुस्तकबारे र शब्द यात्रा प्रकाशनद्वारा उत्पादित गानबारे आफ्नो धारणा राख्नुभएको थियो । भजन तथा आधुनिक गीतका चर्चित गायकद्वय रश्मि अधिकारी र इ रोशन मञ्जुश्रीलाई टाइम्स एलिमेन्ट्री स्कुलकोतर्फबाट कदरपत्रसहित संमानित हुनुभएकोमा स्वास्थ्यको कारण अनुपस्थित भएकोले प्रतिनिधित्वकोरूपमा डा इन्दुल केसीबाट उक्त संमान ग्रहण गर्नुभएको थियोे ।
