विदेशी दलालहरू
माघ २१, २०८२, बुधबार | साँझ ०६:४४ बजे | 70
कुमार लघु, ख्वप
जो अगि उसको सही भन्थो, जसको लठ्ठि उसको भैंसी भन्थे है पहिलाका पूर्खाहरू, यस्तै देखियो मिडियाको युग हो । जनताको आँखा पनि सामाजिक सञ्जालमा निरन्तर लगाई रहने समयको वातावरणमा विदेशी दलालहरू यस्ता विषयमा चतुर छन् । जनताको मन र आँखामा सामाजिक सञ्जालमा रहेर प्रचार गर्न सक्रीय छन् ।
मानिसको मनमा सञ्जालमै रहेर पनि मतको निर्णय लिन सक्छन् । विदेशी दलालहरूले पैसाकै खोलो बगाउँछन् । जनताले यो बुझ्नुपर्छ कि पैसाले आफ्नो मत दिए उसले त हाम्रो मत किन्यो नि ल हो कि होईन् ? हाम्रो अग्रजहरूले लडेर रगत बगाएर ल्याएको माैलिक हक अधिकारको सदुपयोगलाई पैसा वेच्न हुन्दैन् भन्ने कुरा बुझ्नुपर्छ । मत वेच्ने चिज होईन है । पैसाले जितेर आएको व्यक्तिले पैसाले नि देश वेचे तपाईं हामीले के भन्ने ल केही चन्नु हुदैन् । त्यसैले मत पैसामा र खोक्रो आश्वाशनमा मत दिने होईन त्यो उम्मेदवारको बोलि वचन र कार्य हेरेर आगामि चुनावमा सत्य तथ्थमा रहेर संसदको निम्ति घोषणा पत्रमा के कस्ता प्रण खाएका छन्। त्यो अध्ययन गरेर सभामा हाम्रो मन खाने भाषा,भाषण सुनेर साच्चिकै देश सेवक हो होईन् भाइ दाइ आफ्तजनहरूसित बुझेर आफ्नो मत राखेर आत्मा सन्तोष लिन सक्ने गरि र आफ्नै मत राखेर आफ्नो लेशलाई नै वेच्ने उम्मेदवारलाई पर्छ । त्यसैले बहुत होसियारी पूर्वक यो पालिको चुनावमा देशभक्तहरूलाई मादल चिन्हमा मत भोट राख्दा विदेशी दलालहरूसित लडेर मुकाविला गरेको त जगजाहेर छ नि सर मायम देशभक्तहरूलाई जानकारी भएकै हो । देश चुनाव प्रचारले सर्गरिमत छन् । अहिले त जताततै चुनाव कै माहोल बनिरहेछ । सामाजिक सञ्जालको मात्र होईन् । देशभक्तहरूको स्वयम् उपस्थितिले नै मतदाताहरूलाई मत माग्न आँगन र शहर छेऊछाउमा आई पुगेको होला । भाइ बहिनीहरू चुनावमा हाम्रो मानिस भन्दा नि संसदमा गरिव र मजदुर किसानको पक्षमा आवाज राख्न पार्टीको उम्मेदवारलाई मत दिनु पर्छ भन्ने मेरो भनाई तपाईहरूलाई राखेको छु । मेरो मनले त पैसाले नविकिने पार्टीको उम्मेदवारलाई मत र भोट चुवावको वेलामा सुटुक गएर दिनुपर्छ । हाल्नु पर्छ। गरिवको स्वाभिमान र देशको रक्षा गर्ने पार्टी भनेको नेपाल मजदुर किसान पार्टीहो । त्यो पार्टीको उम्मेदवारहरू ५९ जिल्लामा उठाएकाछन् । समानुपातिकमा र प्रत्यक्षमा फागुण २१ गते मत राख्नु हुन हार्दिकता पूर्वक अनुरोध छ । विदेशी दलालहरूलाई मत दिनु हुन्दैन् भन्ने मत मेरो जिकिर हो । अन्तमा व्यक्तिको स्वतन्त्र अधिकार प्रयोग गर्न अनुरोध गर्दै विदा हुन्छु । धन्यवाद , २०८२/१०/२१ गते
