गुम्बाको लागि एक करोड बजेट व्यवस्थापन गर्ने घोषणा


2021-02-21 08:48:18

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा युवा नेता महेश बस्नेतले पर्यटन प्रवद्र्धनको लागि निर्माण गर्न शुरु गरिएको गुम्बाको लागि कम्तिमा एक करोड बजेट व्यवस्थापन गर्ने घोषणा गर्नुभएको छ ।
तामाङ्गहरुको महान् पर्व मञ्जुश्री २८५७ औ लाङ ल्हो गाई बर्ष सोनाम ल्होछारको पावन अवसरमा गुण्डू पर्यटन प्रवर्धन तथा गुम्बा विकास संस्थाद्वारा आयोजित बृहत् सांगितिक तथा सांस्कृतिकसहितको गुम्बा निर्माणार्थ सहयोग कार्यक्रममा बोल्दै नेता बस्नेतले वर्तमान समयमा संघिय संसद विघटन भए पनि नगरपालिका, प्रदेश सरकार तथा संघिय सरकारका विभिन्न निकायबाट भएपछि गुण्डुका पर्यटन प्रवद्र्धनलाई निर्माणाधिन गुम्बाको लागि नगद एक करोडको साथमा विभिन्न निर्माण सामाग्री तथा अन्य उपकरणहरुको व्यवस्थापनमा आफ्नो सक्रिय साथ रहने प्रतिवद्धता जनाउनुभयो ।
विश्वका एक अर्वभन्दा बढी विश्वास गर्ने बौद्ध धर्म रहेको उल्लेख गर्दै नेता बस्नेतले गौतम बुद्धकै कारण नेपालको पर्यटकीय क्षेत्रमा ठूलो फड्को मारेको बताउनुभयो । शान्तिका दुत गौतम बुद्ध नेपालमा जन्मेकाले नेपालको पहिचान तथा विश्वले हेर्ने दृष्टिकोण समेत अन्त्यन्त उत्कृष्ट तथा सम्मानयोग्य रहेको समेत उहाँले बताउनुभयो ।
गौतम बुद्ध नेपालको चेतनाको दियोको रुपमा रहनुभएको उल्लेख गर्दै उहाँले शिक्षा र चेतना नयाँ पुस्तालाई हस्तान्तरण गरे आफ्नो इतिहास र अस्थित्वको खोज तथा अनुसन्धान गर्ने बताउनुभयो । शिक्षा र चेतनालेमात्र समाजलाई रुपान्तरण गर्न सकिने उल्लेख गर्दै नेता बस्नेतले धर्म, संस्कृतिको साथ साथै अब मानिसको जीवनको समृद्धि र प्रगतिको आधार तयार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा  नेपाल  तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकर, नेपाल तामाङ युवा घेदुङ्कका वरिष्ठ  उपाध्यक्ष  सङ्गम लामाले आ आफ्नोे  धारणा रख्नुभयो। कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना वस्नेत, राप्रपाका केन्द्रिय सदस्य रामेश्वर थापालगायतले पनि बोल्नुभएको थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *