यसरी गरौ परीक्षाको तयारी


माघ २०, २०८२, मङ्गलबार | साँझ ०६:३३ बजे | 90


यसरी गरौ परीक्षाको तयारी

कुमार लघु, ख्वप 
भाइबहिनीहरू नमस्कार ,
अब विध्थार्थीको परीक्षा आउने भयो । यही माघ २२ गते परीक्षा सुरू हुनेछ । भक्तपुरमा विभिन्न संघ सस्थासित आवध्द स्कूलहरूले आफ्नो वार्षिक क्यालेन्डर अनुसार यही महिनाको हप्ता दिन अगि पछि पारेर परिक्षा लिनेछन् ।
परीक्षा दिनको निम्ति विध्यार्थी दिनको दिन तमतयारी रहेको होला । नभएको भए तयारी अवस्थामा रहनुस् । परिक्षामा वढि स्कोर तानुपर्छ । विध्यार्थीले परीक्षा दिन तयारी गरेपछि मन दरो बनाउनु पर्छ । किताबको पाठ लेशन पढेर प्रस्नहरूसित खेल्नुपर्छ । भनाईको अर्थ पढ्ने मात्र होइन । आजकल प्रस्नहरूमा विध्यार्थीहरूले कम खेल्ने गर्ने गरेका छन् । पाठ पढ्नलाई नै अभ्यासमा कस्ता सजिला र कठिनका प्रस्नहरू छन् आफ्ना आँखाले हेर्ने गर्नुपर्छ । मन निर्णय गर्न धरमराउनु हुदैन । अभ्यासको प्रस्नहरूलाई अलिकति मोडीफाई पनि गर्ने चलन छ है । इङलिस विषषमा,म्याथमा र नेपालीमा अलि कति आफ्नै पाराको देखाउने शिक्षक र शिक्षिकाहरूले शव्दहरू हेरफेर गरेर विध्यार्थीको सिप वा नलेज हेर्न खोज्न चलन आई सकेको छ । 
            अभ्यासमा पनि अति छोटो प्रस्न ,छोटो प्रस्न र लामो प्रस्न लेख्नु होला भनेर प्रस्न नै वनाई कक्षामा र घरमा प्राकटिस गरेर मनलाई ढाडस लिए र दिएको होला । हो अवश्य गर्न पर्छ पढ्नु र खेल्नु भनेकै विध्यार्थीले पढ्नु हो भन्ने मनमा लिएर प्रस्नसित खेल्नु नै विध्यार्थीको दायित्व र लेख्नु हो । मेरो विचारमा विध्यार्थीले पढ्नु लेख्नु आफ्नो निम्ति नितान्त दैनिकीको काम हो भन्ने मनले आफ्नो भविष्यको ख्याल गरेर  अभिभावकलाई नठगिकन माघ २२ गतेको निम्ति तयारी अवस्थामा रहनु नै सफलताको निम्ति अग्रिम शुभकामना छ । 
        मलाई लाग्छ हरेक स्कूलले एक हप्ता दुई हप्ता अगाडि नै रूटिङ्ग उपलव्ध गराई सकेको हुनुपर्छ ।
तपाईले शिक्षक र शिक्षिकालाई जाँच्न दिएको प्रस्न उत्तर कपि लिन र घरमा हरेक दिन अभ्यास पढ्न नबिर्सीनु होला । आफूले गर्न नसकेका प्रस्न र अभ्यासको कुराहरू नबुझेमा शिक्षक र शिक्षिकाहरू सित नजिक रहेर शिक्षकहरूलाई आदर गरे समस्या हल गरेको कुरा फेरि घरमा दोह–र्याउनु होला । त्यसले तपाईलाई जसिलो नै हुनेछ । विध्या भनेको धन हो । 
      हाम्रो अभिभावकहरूको थुप्रै लगानी भएको हुन्छ । लगानी र अभिभावकको इच्छा र उद्देश्यमा तुषारापात हुन नदिऊ । पढेर देशको असल र गुणिलो विध्यार्थी बनौ ।लेख्न पढ्न र अभ्यास निरन्तर गरौँ । परिक्षामा सयम हुनुपर्छ । शिक्षक र शिक्षिकाहरूसित नरम बोली वचन बोल्नुपर्छ । छुच्चो वन्नु हुदैन् ।     आफूले पढेर गएका कुराहरू मनमा सजिलैसित स्टोर गरिराखेको कुरा वा प्रस्नको उत्तरहरूलाई खलवनाउन नदिइकन दिमागलाई नियन्त्रित अवस्थामा रहन दिनुपर्छ । नचाहिने ठाउँ समय नलगाऔ । साथी भाईसित समूहमा पनि बसेर अध्ययन गर्नपर्छ । आफूलाई आएको साथी भाईलाई सिकाउनुपर्छ । त्यसरी सिकाएमा आफूलाई पछिसम्म सम्झना भई राख्ने हुन्छ । साथीहरूसित पनि मिलेर पढ्नुपर्छ । पढ्दा आफूले पनि उद्देश्य राखेर पढौँ । समय गम्भीर छ । देश गरिव अभिभावकको आयस्रोत राम्रो छैन् घरको अवस्था र आफ्नो बानी राम्रो बनाउँदै लग्नुपर्छ । समय महत्व पूर्ण छ । समयलाई उपयोग गर्ने गर्नुपर्छ । हामीले हप्ता दिनको निम्ति पनि दुःख खाएर भविष्य राम्रो बनाउने कष्ट गर्नु होला भन्न चाहान्छु । समय मिलाई पढ्नु पर्छ । पढ्ने पढ्ने मात्र गरेर हुदैन् दिमागलाई पनि रेष्ट दिनु पर्छ । लेख्न र विचार गर्ने समय वाँडफाड गर्न जान्नुपर्छ ।
    लौ आजलाई आमा बुबाहरूसित संगै बसेर परिवारलाई पनि मेरो परीक्षा नजिकै आइसक्यो भनेर मलाई हेल्प गर्नुस् अन्य काम आएमा मलाई डिष्टव नगर्नुस् भनेर अग्रिम सूचना दिन नविर्सिनु होला भन्दै विदा माग्छु । धन्यवाद 
२०८२÷१०÷२० गते ।

Comments