चुनाव एउटा घोषणापत्रको लडाई हो 


माघ १९, २०८२, सोमबार | विहान ११:३८ बजे | 190


चुनाव एउटा घोषणापत्रको लडाई हो 

कुमार लघु, ख्वप
भाइबहिनीहरू नमस्कार,        
       विद्यार्थीहरूको परीक्षा अगाडि आइरहेका छन् । चुनाव पनि देश काल परिस्थितिले देशलाई अग्रमणको बाटोमा लग्न र भ्रष्टाचारीको निन्द्रा खलबल पारेर विचैमा भाद्र २३ र २४ गते जेन्जी जेडको आन्दोलनले चुनाव गर्न वर्तमान प्रधानमन्त्रीको तजविजमा फागुण २१ गते चुनाव घोषणा गरेको छ ।
    मैले र साहरा नेपालका वुध्दिजिवी र पार्टीका असल नेताहरूले चुनाव भनेको घोषणापत्रको लडाई हो भनेर भनेका छौ । मतदातहरूले हुन् त पार्टी वा उम्मेदवारको घोषणापत्र हेरेर मात्र मत घोषणापत्रमा कवुल गरेर अनुसार काम गरेको र गर्ने खालका उम्मेदवारलाई मत दिने विचार गर्छन् । चुनावमा मतदातालाई  घोषणा पत्र अध्धयन गर्न  लगाई भविष्यमा जितेमा निम्न कवुल गर्दछु भन्ने अग्रिम मतदाता अगाडि राख्न लगाउने गर्दछन् । विशेष खुल्दुलि लगाई घोषणापत्रमा अभिलेख गरेर जिल्लाका केन्द्रीय सदस्यहरूलाई केन्द्रीय वैठकमा बोलाएर जिल्ला जिल्लामा गर्नु पर्ने र पार्टीले देश र जनताको निम्ति संसदमा गर्नु पर्ने प्रतिवेदन भन्न लगाई सबैको सहमतिमा केन्द्रीय समितिले पार्टीको अध्यक्षको तत्व बदानमा जन समक्ष चुनावलाई घोषणापत्रमा पार्टीको धारणा अभिलेख गरि राख्नु नै परम्परा हुन्दै आएको छ । विगतमा राखेको घोषणापत्रमा राखेको वुदाँहरू अनुसार जितेकाले कर्तव्य पूरा गरको छ कि छैन् । त्यो तुलना गर्नुपर्छ । घोषणापत्रलाई चुनाव जित्न औपचारिकता मात्र पूरा गरेका पार्टी र उम्मेदवारहरूलाई घोषणापत्रको कार्य नगरेको पार्टी र उम्मेदवारहरूलाई मत दिनु हुन्दैन् । मिठो वचन रआश्र्वाशनमा रहेर मतलाई खेर फाल्नु हुन्दैन् । चुनाव जित्न र जितेर गएका संसद सदस्यले भ्रष्टाचारको , घुसखाई आफू र पार्टीको हित गरेको छ भन्ने मत नदिनु होला । संसदमा जितेर राम्रो भूमिका निभाएकालाई जिताउन मतदानमा फागुण २१ गते मतमा छाप हाल्नुपर्छ । त्यस मध्येमा नेपालमा भएको चुनावमा संसदमा राम्रोसँग असल भूमिका निभाएको र संसदमा जनताको आवाज राख्ने र राख्दै प्रतिपक्षमा वसेर आएको पार्टी नेपाल मजदुर किसान पार्टीहो । देशभर आफ्ना पार्टी सदस्यहरू ५९ जिल्लामा १३०–१३२ जना संसद सदस्यको निम्ति उम्मेदवार उठाएका छन् । ती चुनावमा उठेका पार्टीले वा त्यसका समर्थकहरूले लिएर आएको घोषणापत्रलाई नियालेर मादल चिन्हमा मतदानमा छाप राखेर जिताउनु पर्ने जिम्मेवारी सचेत नेपाली जनतामा कर्तव्य पर्न आएको छ । अरू पार्टीका उम्मेदवारहरू पार्टी सरकारकारमा जान्ने कुरा गर्छन् । तर नेपाल मजदुर किसान पार्टी सरकारमा नगई जनताको सेवा गर्न संसद सदस्यहरू जिताउन जनतामा आह्वान गरेकाछन् । विगतमा नेपाल मजदुर किसान पार्टीले नेपाली जनताको निम्ति पार्टीले घोषणा पत्रमा राखे झै राम्रो भूमिका निभाएकाछन् । मैले भन्न पर्दैन् होला । ऐेना झै जन समक्ष नै छन्। फागुण २१ को दौरानमा जन सभा र  आमसभामा थप्प कुराहरू सुनेर मत मादलमा समानुपातिक र प्रत्यक्षमा दुई छाप मादल मादलमा राख्नु हुन् अनुरोध छ । 
        असल सक्रिय पार्टीमा विगतमा राम्रो भूमिका निभाउन सकेको सक्षम निडर आँटिलो संसदमा अनुशासित उम्मेदवार हो। नेमकिपाको उम्मेदवारहरू हुन् । तपाईं आफ्ना विचार र त्यो पार्टीको अझ वढी विचार र कुराहरू थाहा लिन चाहानु हुन्छ भन्ने नेपाल मजदुर किसान पार्टीको प्रकासनहरू लिए  वा किनेर अध्ययनस्तर अगाडि वढाउनु होला । 
चुनाव एउँटा घोषणापत्र लडाईँ हो ।  नविर्साउनु होला । 
                   भाइ बहिनीहरू हामीले घोषणापत्रको कुराहरू आ आफ्ना नातागोता टोल छिमेकलाई र आमा बुबा मतदान योग्य मतदाताहरूलाई शिक्षकले पाठ्य पुस्तमा भएका कुराहरूलाई कक्षामा कक्षा कोठामा राखे हामीलाई विषय वस्तुमा निपुण बनाए झै हामीले पनि जनतालाई पार्टी र घोषणापत्रको कुराहरूको बारेमा जनाऊ र जानकारीहरू लिने गर्नु राम्रो हो । जति पार्टीको कुराहरू अध्ययन गरे र घोषणापत्रलाई नियाल्यो नि उति नै विश्र्वको राजनितीक र बाहिरी ज्ञानले पोख्त हुन्छ । विश्र्वको राजनीतिक दौरानमा विश्र्वको कम्युनिष्ट घोषणापत्र तयार गर्नेहरूमा माक्र्श र ऐगेल्श हुन् । ती घोषणापत्र पनि अध्धय गरेर नलेज बढाएमा वढि कुरा बुझ्न मद्दत हुनेछ । 
   मैले भन्न चाहे अब आउने चुनावमा मादलमा मतदान गरेर नेपाल मजदुर किसान पार्टीलाई विजय गर्नुपर्छ । हामी सत्य र सत्यका साँचि हकदारहरू हौ। हाम्रो मतले सत्य कुरा संसदमा र मजदुर किसानको  आवाज पु–र्याउने संसदले मौका पाओस् । विरोधीको मुटुमा ध्याङग्रो  ठोकाउन तपाईको मतले साथ दिनुस् । चुनावमा आफ्ना कुरा संसदमा कानुन र सरकारको कुरा नमिलेकोमा आवाज राख्न नसक्ने लुरे उम्मेदवारहरूलाई हाम्रो मत खेर नफालौ । सत्य तथ्य कुरा कानुन वनाउन सल्लाह दिन सक्ने पार्टीको उम्मेदवारलाई आउने फागुण २१ गते मत मादलमा राखेर आफ्नो महत्पूर्ण कर्तव्य पूरागरी आत्मा सन्तोष लिऊ । धन्यवाद

Comments