अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसको अवसरमा मुख्य सचिव लगायतलाई सम्मान


माघ १८, २०८२, आइतबार | राति ०७:२७ बजे | 80


अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसको अवसरमा मुख्य सचिव लगायतलाई सम्मान

माघ १८, काठमाडौं । अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसको अवसरमा विशिष्ट व्यक्तित्वहरूको अभिनन्दन कार्यव्रmम सम्पन्न भएको छ । बौद्धस्थित अरुणिमा विद्यालयमा आयोजित कार्र्यक्रममा प्रमुख अतिथि प्रा.डा. अभि सुवेदी, प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गाना लगायतले मुलुकका विशिष्ट व्यक्तिहरूको सम्मान गर्नु भएको हो । सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुरु भएको कार्यव्रmममा उपस्थित व्यक्तित्वहरूलाई स्वागत गर्दै प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले प्रतिष्ठान मार्फत सञ्चालित शैक्षिक निकायहरूको कार्यक्रम तथा तिनको प्रभावकारिता बारे प्रष्ट पार्नुभयो । कार्यव्रmममा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याल, न्यूज २४ दैनिकका प्रधान सम्पादक नवराज चालिसे, समाजसेवी नेपालजित लामा, सर्वजित लामा र खड्गजित लामा तथा त्रि.वि. केन्द्रीय पुस्तकालय प्रमुख सागरराज सुवेदीलाई विशिष्ट व्यक्तित्वको रुपमा सम्मान गरिएको थियो । साथै शिक्षक हर्ष नारायण झा र कर्मचारी मञ्जु अधिकारी ढकाललाई बीस वर्षे दीर्घसेवा सम्मानद्वारा अभिनन्दन गरियो । सोही समारोहमा विद्यालयको प्रथम ब्याच (२०५१) एस.एल.सी ग्राजुएट्सहरू प्रविण न्यौपाने, विन्दिया मानन्धर, मनिष खनाल, सुलक्षण शर्मा,सरोज सुवेदी, गजेन्द्र कर्माचार्य र मेनुका गुरुङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै अभिनन्दन गरियो । अभिनन्दित व्यक्तित्व नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालले प्रतिष्ठानको स्थापना दिवसको उपलक्षमा शुभकामना व्यक्त गर्दै अरुणिमाले आफ्ना विद्यार्थीहरूलाई गुणस्तरीय तथा जीवनोपयोगी शिक्षा प्रदान गरिरहेकोमा खुलेर प्रशंसा गर्नुभयो । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले अरुणिमासँग सम्बन्धित अग्रजहरूसँगको साक्षात्कारबाट आफ्नो कार्यक्षेत्रको कार्यसम्पादनमा थप हौसला मिलेको विचार व्यक्त गर्नुभयो । अरुणिमा अलम्नाईका अध्यक्ष तथा अरुणिमा परोपकार प्रतिष्ठानका सचिव जितेन्द्र श्रेष्ठले सम्भ समाज निर्माणमा गुण्स्तरीय शिक्षाको महत्वबारे प्रकाश पार्नुभयो । प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाले प्रतिष्ठान गैर नाफामूलक रूपमा सञ्चालन भइरहेको जानकारी गराउँदै समय सापेक्ष योजना तर्जुमा गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरूले आर्कषक गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसको अवसरमा मुख्य सचिव लगायतलाई सम्मान

Comments