शान्तिभित्रको जलन
माघ १८, २०८२, आइतबार | राति ०७:१५ बजे | 175
डा इन्दुल केसी
शान्ति दुत महामानवको यो देशमा
अचेल अशान्ति मच्चाउनेहरुको राज ।
टाठाबाठाहरु राष्ट्रको ढुकुटी सोर्नमा
सिधासाधा जनता अशान्तिको भूमरीमा ।
कोही छटपट–छटपट असह्य पीडाको जलनमा
कोही लटपट–लटपट सुरासुन्दरीको अंगालोमा ।
जलहरी काण्ड, जग्गा जमिनको काण्ड
भन्सार काण्ड, सहकारी, काण्डै काण्ड ।
नक्कली भुटानी शरणार्थी काण्ड
नक्कली रातो पासपोर्ट काण्ड ।
अवैध अकुत धन सम्पतिको काण्ड
काण्डै काण्ड कोलाहल जतातै काण्ड ।
सडक सदन सबैतिर अवरोध – फोहोर ढल
माननीय नेताहरुको सदन – भकुनाचको क्रिडास्थल ।
शान्तिभित्रको अदृश्य जलन
आवश्यक छ, शान्ति पार्ने मलम पट्टी ।
