क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार गायक आनन्द कार्कीलाई


माघ १८, २०८२, आइतबार | विहान ०९:४४ बजे | 110


क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार गायक आनन्द कार्कीलाई

काठमाडौँ — नेपाली संगीत क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर योगदान पुर्‍याउँदै आएका वरिष्ठ गायक आनन्द कार्कीलाई २०८२ सालको ‘क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार’ प्रदान गरिने भएको छ । सूचक प्रकाशनको हालै सम्पन्न बैठकले गायक कार्कीले नेपाली संगीतको विकास र प्रवर्द्धनमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । स्वर्गीय क्याप्टेन रतन बहादुर लामिछानेको स्मृतिमा स्थापना गरिएको यस पुरस्कारले कला, साहित्य र समाजप्रतिको निष्ठा, मूल्य र मानवीय चेतनालाई सम्मान गर्दै आएको छ । गायक आनन्द कार्कीको सिर्जनात्मक यात्रा, सांगीतिक अनुशासन तथा सामाजिक चेतनाले यस पुरस्कारको उद्देश्य र मूल भावनासँग स्पष्ट रूपमा सामञ्जस्यता राख्ने सूचक प्रकाशनले जनाएको छ । कवि सपना लामिछानेको प्रायोजनमा प्रदान गरिने उक्त पुरस्कार आगामी फागुन ९ गते एक औपचारिक समारोहका बीच गायक कार्कीलाई समर्पण गरिने जानकारी प्रकाशनले दिएको छ ।

Comments