अमेरिकामा सुखसयल पाइन्छ भनेर घरखेत वन्धकी
माघ १७, २०८२, शनिबार | राति ०७:३६ बजे | 145
कुमार लघु, ख्वप
भाइबहिनीहरू नमस्कार
आज नेपालको परिप्रक्षेमा मिति २०८२÷१०÷१७ गते शनिवार हो । शनिवारमा धेरैले आफ्नै किसिमले योजनाहरू बनाइन्छ । कसैले नयाँ किताब पढ्ने सिध्याउने, कोही एकदिने टुर जाने, कसैले हलुका साथीहरू मिली सानो पिकनिक जाने नाँच्ने खेल्ने, कसैको भेटघाट कार्यक्रम चिया खाई आउने महिनाको लागि के गर्ने व्यापार व्यवसाय सुरू गर्ने । धेरैको थरिथरीका आ आफ्नै गुट समूहको तालमा एकजुट भएर योजनाहरू बनाउने उद्देश्य तयार पारी लौ त्यसो भए एकहप्ते भ्रमण गर्ने टुर भनेर लागेको र प्राकृतिक सौन्दर्यको मनमोहक अनुभव संङ्गाल्ने योजना अनुसार कालिञ्चोक, दोलखा भिमसेन र सैलुङ्ग घुम्न आदि इत्यादी ठाउँमा जान्छन् ।
विगत वर्षमा मैले पनि स्थानीय दाजुभाइ दिदीबहिनीहरूसित तीनदिने कार्यक्रममा समय दिई घुम्न गएको कुराको वारेमा सम्झना छ । केही सुनाउने कोसिस गर्दछु ।
हामी जादा त अलि तातो मौसम थियो । तैपनि त्याहाँ गैसकेका भाइबहिनीहरूसित कस्तो लुगा लगाएर जादा हुन्छ ? भनी सोधेर गयौँ । ठाउँ कस्तो हो ? कति हिड्नुपर्छ ? केवुलकारमा वस्दा कति रकम लिन्छ ? आदी इत्यादी कुराहरू अग्रिम जानकारी लिएर गएको कुरा हो । किन ? यसरी पूर्व जानकारी लिने ? स्वाद यसरी चाखे ।
यता विस्वको राजनीति घटणाक्रममा अमेरिकाले इरानलाई अचानक अमेरिकाको विरोधी भनेर दिन डाहादै थाडै चेतावनी दिएर हजारौ इरानी समर्थकहरूलाई वम वर्षक विमानले मारे हेर । मानव अधिकारको वकालत गर्नेले एक देशले आर्को देशका जनतालाई हत्या गरे । यो मानवता विरोधी राष्ट्पतिले अझै वार्तामा नआए थप आक्रमण गर्ने भनिरहेका छन् । विश्वमा अमेरिकाले जथाभावि विश्र्वको मर्यादा उलङ्घण गरिरहेका छन् । धेरै देशले विरोध गरिसके ऊ त मूर्ख भैंसी झै उताउलो पाराले अगाडि वढेका छन् ।
भाइ बहिनीहरू
खोइ धेरै विश्र्वका वुध्दिजिवीहरूले अमेरिकाको आलोचना गरे तर अमेरिका लाज पचाएर स साना राष्ट्का व्यापार व्यवसायमा पनि कर लगाई र आर्थिक नाकावन्दी गरेर शोषण दमन अन्याय अत्याचार गरेर हान्ने बूढो गोरु झै एकतर्फी लडाईमा होम्न बाध्य पार्नु नै उद्देश्य रहेको विश्र्वका जनताले अनुभव रहेको बताइरहेका छन् । अमेरिकाले सयौ वर्ष अगाडिदेखि नै छिमेकी मुलुकहरूलाई तनावहरू दिएर नै विश्र्वको शक्तिशालि राष्ट् कहलाउँदै आएको इतिहास छ ।
भाइ बहिनीहरू
अमेरिकामा सुखसयल पाइन्छ भनेर घर खेत वन्धकी राखेर गएका वुध्दिजिवी र सर्व साधारण नागरिकहरूलाई बिस्तारै अप्रबासीहरूलाई देश निकाला पनि गरेिरहेको छ । जो सुकै नागरिकहरू सुख दिन्छ भनेर अमेरिका जानू हुन्दैन् । अमेरिका नर्क हो । दासलाई जस्तै व्यवहार गर्ने देश अमेरिका हो । त्यसैले अमेरिकामा जाने होईन् आफ्नै देशमा स्वर्ग थानेर रोजागर स्वयम् सृजना गरेर वस्ने हो । अमेरिका स्वर्ग भनेर अर्काको लहलहैमा जाने होइन् । अमेरिका जानलाई राख्ने पैसालाई आफ्नै देशमा लगानी गरे मनग्य पैसा आम्दानी गरिरहेका कयौँ नेपाली युवाहरूको अनुभवले लेखिएका कितावहरू र अनुभव पढ्न सल्लाह दिन चहान्छु । इरानले पनि अमेरिकालाई च्यालेन्ज दिईरहेका छन् । अमेरिकाले यो वातावरण अनुसार तेश्रो विश्र्व युध्दै हाराहारीमा जान खोजेको हो भन्ने अनुमान जनताहरूले गरेका छन् । हामी हाम्रो देश सुन्दर शान्त र विशाल राष्ट् भने, विकसित मुलुकसित निहुँ खोज्ने स्थिति छैन् है । यदि विश्र्व युध्द भए, हेर्ने बाहेक अरू कुनै उपाय छैन् ।
भाइ बहिनीहरू
मनले त विश्र्व युध्द हेर्न पाए त हुन्थो भन्ने सोच होला । विश्र्व युध्द भए कति देशको आर्थिक अवस्था तहसनहस हुन्छ । नभए जात जाती अन्त हुन्छ । जाबो रूस र युक्रेन मात्र दुई देशको विचमा हानाहान हुन्दा त देशमा व्यापार व्यवसायले गर्दा वस्तु भाऊको मूल्य आकाश जमिन फरक भएर जनताहरू मर्कामाछन् ।
धन्यवाद भाइ बहिनीहरू पढ्नुस् । केही प्रस्नहरू राख्नुस् । आजलाई यति नै राखेर विदा माग्छु । नमस्कार शुभदिन,
२०८२÷१०÷१७
