श्री स्वस्थानी कथाबारे प्रकाशित पुस्तकहरुबो शनिबार भक्तपुरमा एक अन्तरक्रिया कार्यक्रम गरिएको छ । साहित्यकार नविना श्रेष्ठले नेपाली भाषामा र अर्का साहित्यकार पशुपतिमान प्रधानल नेपाल भाषामा लेखेको श्री स्वस्थानी कथाबारेका दुई वटा पुस्तकबाट अन्तरक्रिया गरिएको हो । 
शव्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्र र कुतः पिकाक भक्तपुरको आयोजनामा भएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले श्री स्वस्थानी कथाबारे लेखिएको पुस्तकबारे विभिन्न विचारहरु राखे । वरिष्ठ साहित्यकार एवं नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलकप्रकाश कायष्ठ, शव्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, समाजसेवी डा इन्दुल केसीलगायतले श्री स्वस्थानी कथाबाट समाजले धेरै कुरा सिक्नुपर्ने बताए । कार्यक्रममा सहभागीहरुले श्री स्वस्थानी कथाले बालविवाह गर्नुहुँंदैन, बहुविवाह समाजको लागि हानिकारक हुन्छलगायतका पाठहरु सिकाएको बताए । 
कार्यक्रममा पण्डित रमेश अधिकारीले नेपालीमा लेखिएको श्री स्वस्थानी कथाको एक अध्याय र बाराही पीठ मन्दिरका सचिव विक्रम देउबञ्जारले नेपाल भाषामा लेखिएको श्री स्वस्थानी कथाको एक अध्याय पढेर सुनाएका थिए । 

...

All Comments.......


Please Login/Register To Comments