लाखेमरुद्धारा स्कुललाई ५१ हजार सहयोग


माघ १४, २०८२, बुधबार | राति ०८:५० बजे | 200


लाखेमरुद्धारा स्कुललाई ५१ हजार सहयोग

भक्तपुर । समाजसेवी तुल्सी नारायण लाखेमरूले अक्षकोष स्थापना गर्न भक्तपुरको एउटा स्कुललाई सहयोग रकम हस्तान्तरण गरेका छन् । लाखेमरुले भक्तपुर नगरपालिका वडा नं ८ जेलास्थित श्री महेन्द्र आधारभूत विद्यालयलाई रू ५१,००१ (५१ हजार एक रूपैयाँ) आर्थिक सहयोग दिएका हुन् । सहयोग रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवंं भक्तपुर नगरपालिका वडा नं ८ का निवर्तमान वडा अध्यक्ष महेन्द्र खायमलीलाई बुधबार हस्तान्तरण गरेका हुन् । 

Comments