ख्वपका बिबिएम प्रथम सेमेष्टरका विद्यार्थी दनुवार समुदायमा


माघ १४, २०८२, बुधबार | दिउँसो १२:२३ बजे | 390


ख्वपका बिबिएम प्रथम सेमेष्टरका विद्यार्थी दनुवार समुदायमा

सिन्धुपाल्चोक । ख्वप कलेजमा बिबिएम प्रथम सेमेष्टरमा अध्यनरत विद्यार्थीहरुको एकदिने कार्यक्षेत्र अध्ययन सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भिमटारको दनुवार समुदायमा सम्पन्न भयो । विद्यार्थीहरुमा कक्षागत अध्ययन सँगै व्यवहारिक ज्ञानको  आवश्यकतालाई महशुस गदै बिबिएम प्रथम सेमेष्टरमा समाजशास्त्र विषय अन्तर्गत हरेक वर्ष एक दिने कार्यक्षेत्र अध्ययन गराइदै आएको र यस्ता अध्ययनले विद्यार्थीहरुमा समुदायमा गएर अन्र्तक्रिया गर्ने, नेतृत्वको विकास, ग्रामिण परिवेशबारे ज्ञान, आपसी मेलमिलाप, सहकार्य, सदभाव, आफुले पढेका विषयवस्तुको परिक्षण गर्ने मौका  मिल्ने , विद्यार्थीको क्षमतामा विकास हुने बारेमा समाजशास्त्रका विषय उपप्राध्यापक सुनिता गाइसी बताउनु हुन्छ । समाज एक खुल्ला ल्याब रहेको र यहाँ नै विभिन्न विषयहरु जस्तै परिवार, विवाह, नाता सम्बन्ध, संस्कृति परम्परा, आर्थिक पक्ष, राजनैतिक पक्ष, धर्मबारेमा छलफल र चर्चा हुने बारेमा उपप्राध्यपक गाइसी बताउनु हुन्छ । उहाँले  अबको शिक्षा सैद्धान्तिक भन्दा पनि बढि व्यहारिक पक्षतिर जोड दिनु पर्ने बारे बताउनु भयो । बदलिदो समाज अनुसार शिक्षामा पनि परिवर्तन आवश्यक रहेको र विद्यार्थीहरुलाई अनुसन्धानको क्षेत्रमा अग्रसर गराउन यस्ता कार्यक्षेत्र अध्ययन निकै महत्वपुर्ण हुने बारेमा पनि उहाँले जोड दिनुभयो । 
कार्यक्षेत्र अध्ययनका क्रममा भिमेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण श्रेष्ठले  दनुवार समुदायको अवस्था र त्यहाँको परिवेशबारे विद्यार्थी भाइबहिनिहरुलाई जानकारी दिनु भयो । त्यस क्षेत्रको ऐतिहासिक महत्व, त्यहाँको उत्पादन मासको दाल अन्य फलफूल र भक्तपुर सँगको सम्बन्धबारे चर्चा गर्नुभयो । शैक्षिक अवस्था, सामाजिक अवस्था साथै हाल पनि बालविवाहको चलन रहेको  बारे बताउनु भयो । पहिला भन्दा अहिले दनुवार समुदायका मानिसहरुमा शैक्षिक अवस्थामा सुधार भए पनि अझै पनि परम्परा र संस्कारमा विश्वास कायमै रहेको बारे पनि बताउनुभयो । यस समुदायका मानिसहरु विरामी हुदाँ पहिला धामी झाकीलाई देखाउने अनि मात्र अस्पताल पुग्ने गरेको पाइयो । जस्ले गर्दा विरामीको उपचारमा समस्या हुने गरेकोबारे भिमटार स्वास्थ्य चौकीमा कार्यरत हेल्थ अस्टिेन्ट विभुती खडका बताउनु हुन्छ ।
यस एक दिने कार्यक्षेत्र अध्ययनमा विद्यार्थीहरुले स्वास्थ्य, शिक्षा, परम्परागत पेशा, आर्थिक अवस्था, कृषि क्षेत्रको विकास, स्थानिय व्यापारको अवस्था, सामाजिक संजालको प्रभाव, निर्णय प्रक्रियामा  महिलाको सहभागिता, सामाजिक असमानता र शिक्षाको भुमिका विषयमा सामाजिक सर्वेक्षण गरेका थिए । 
यस कायक्षेत्र अध्ययनको लागि श्री महेन्द्र माध्यमिक विद्यालय कुञ्चोक सिन्धुपाल्चोकका प्रधानाध्यापक बद्री बहादुर तामाङ्गले सहजिकरण गरिदिनुभएको थियो । यस एक दिने र्कायक्षेत्र अध्ययन संचालन गर्न विभिन्न विभाग, समुह, गठन गएिको थियो । यस कार्यक्षेत्र अध्ययनमा विद्यार्थी संयोजक काजल कार्की, डकुमेन्टेस हेडमा खुशी निरौला, फुडमा भावना न्हेमाफुकी, पब्लिक रिलेसनमा क्रिष्टीना बन, अडियो भिडियोमा सुरज खडका, मेडिकल हेडमा नन्दीता ढकाल, आर्थिकमा निश्चल बाटाले नेतृत्व गर्नुभयो । अन्य सहभागीहरुको पनि सक्रिय सहभागिता रहयो ।
 

फाेटाेमा हेर्नुहाेस्...

ख्वपका बिबिएम प्रथम सेमेष्टरका विद्यार्थी दनुवार समुदायमा

Comments