यसकारण स्वतन्त्र उम्मेदबारले जित्नुपर्छ


माघ १३, २०८२, मङ्गलबार | राति ०८:१३ बजे | 130


यसकारण स्वतन्त्र उम्मेदबारले जित्नुपर्छ

नबीनकुमार महत
निर्वाचन भनेको लोकतान्त्रिक ब्यबस्थाको सुन्दरता हो । मैले पनि लोकतान्त्रिक ब्यबस्थाभित्र रहेर आफ्नो स्वतन्त्र उम्मेद्बारी दर्ता गरेको हो । स्वतन्त्र उम्मेदवार कुनै दलको पक्ष वा विपक्ष भन्ने हुदैन र कुनै पनि राजनीतिक दलका सत्रु पनि हुदैनन । राजनिती दलको सत्रु भनेको त राजनीतिक दल नै हुन्छन । राजनितिमा चेतना स्तरको मापन गरिन्छ । स्वतन्त्रसग पैसा खर्च गरेर जनतालाई प्रभाब पार्ने ल्याकत हुदैन । मात्र चेतना हुन्छ । त्यही चेतनाको भरमा जनतालाइ प्रभाब पारेर मत माग्न सक्छन । नागरिक भनेको स्वतन्त्र हुन्छन । स्वतन्त्र अधिकार प्रयोग गर्ने हक नागरिकको पहिलो मानव अधिकार भित्र पर्छ । देशका स्वतन्त्र नागरिकलाइ चुनाबको समयमा राजनीतिक दलका नेता तथा भातृसङठनले आफ्नो मतदाताको रुपमा प्रभाब पार्नको लागि कार्यकर्ताको बिल्ला भिडाएका हुन्छन । तिनै नागरिक हुन जो दलका एजेन्डा नबुझी बहकाउ र लहैलहैमा लागेर गलत निएतले खोलिएका राजनितिक दललाई मतदान गर्न बाध्य हुन्छन । आशन्न निर्बाचनमा पनि पुरानै राजनितिक सस्कार दोहोरिने अबस्था रहेको छ । हामी नेपाली हुनको लागि पहिला नेपाल चाहिन्छ । नेपाल बचाउनको लागि देशप्रेमी ब्यक्तीले शासन गर्नु पर्दछ । हालको अबस्थालाइ विश्लेषण गर्दा बिना एजेन्डा जुन भिडको पछाडी जनता लाग्न थालेका छन, यो अबस्य पनि केही पार्टीलाई फाइदा हुनेवाला छ । तर समग्रमा देशलाइ घाटा हुनेछ । त्यसैले सम्पुर्ण न्यायप्रेमी स्वतन्त्र नागरिक एकजुट भएर दलका उम्मेदवार भन्दा पनि स्वतन्त्र ब्यक्तिबाट खडा भएको उम्मेद्बारलाई जित दिलाउन मतदान गर्नुभयो भने देशले दलको चपेटामा बस्नु पदैन र सरकार निर्माणका प्रक्रियामा स्वार्थले भरिएको बिना एजेन्डाको राजनीतिक गठबन्धन गर्नु पर्दैन । साम्सदले बिना दबाब स्वतन्त्र भएर नीतिनिर्माण तथा कानुनलेखन कार्यमा महत्त्वपूर्ण भुमिका खेल्न सक्दछन र स्थाइ सरकार बन्दछ । त्यसकारण देशले दिगो बिकासमा अगाडि बढनको लागि पनि देशैभरीबाट स्वतन्त्र उम्मेद्बारले जित्नुपर्ने र लामो समयको लागि स्थिर सरकार बनाउनु पर्ने आबस्यक छ ।
(लेखक स्वतन्त्रबाट भक्तपुर २ का उम्मेदबार हुन् ।)

Comments