यस्तो छ भक्तपुर क्षेत्र नं २ का स्वतन्त्र उम्मेदबार महतको घोषणापत्र                           


माघ ११, २०८२, आइतबार | राति ०८:३८ बजे | 415


यस्तो छ भक्तपुर क्षेत्र नं २ का स्वतन्त्र उम्मेदबार महतको घोषणापत्र                           

चुनावी घोषणापत्र
राष्ट्रियता,नागरिकतन्त्र र नेपालवाद
शुख शान्ति र समवृद्धिको मार्ग सहितको समुन्नत नेपालको परिकल्पना 
“म शासक हैन, सेवक बन्न चाहान्छु
दल हैन, जनताको विकल्प 
स्वार्थ हैन, सेवा नै राजनिति” 
 
१। प्रस्तावना
  राष्ट्रियता, नागरिक तन्त्र  र नेपालवादको सिद्धान्तमा आधारित एक राष्ट्रवादी र जनमुखी राजनीतिको लागि मेरो स्वतन्त्र उमेद्धारी हो। देशमा लामो समयदेखि व्याप्त राजनीतिक अस्थिरता, संस्थागत भ्रष्टाचार, नातावाद, विभेद, बेरोजगारी, बढ्दो महँगी, किसान–मजदुरको दयनीय अवस्था, कमजोर कूटनीति तथा जल–जंगल–जमिन र खनिजजस्ता प्राकृतिक स्रोतको अवैज्ञानिक दोहनका कारण राष्ट्रिय हित गम्भीर रूपमा कमजोर बनेको छ। यी सबै समस्याको जरो विद्यमान राजनीतिक प्रणाली र शासकीय असफलतामा रहेको ठहर गर्दै,  दीर्घकालीन, संरचनात्मक र न्यायपूर्ण समाधानका लागि मैले स्वतन्त्र उमेद्धारको लगि यो  चुनावी घोषणापत्र प्रस्तुत गरेको हो।
२। उद्देश्य
यस घोषणापत्रको मुख्य उद्देश्य नेपालको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय स्वाभिमानको पूर्ण संरक्षण गर्नु, नागरिकका समान हक, अधिकार र न्याय सुनिश्चित गर्नु, आत्मनिर्भर, उत्पादनमुखी र न्यायपूर्ण अर्थतन्त्र निर्माण गर्नु तथा सुशासन, पारदर्शिता र उत्तरदायी शासन प्रणाली स्थापना गर्नु हो।
३। परिचय
स्वतन्त्र उमेद्धारीले नेता उत्पादन गर्ने होइन, सेवक उत्पादन गर्ने राजनीतिक आन्दोलन हो। स्वतन्त्र उमेद्धारीले जनताको प्रत्यक्ष सहभागिता, योग्यता र क्षमतामा आधारित नेतृत्व, कानुनको शासन र राष्ट्रिय हितलाई सर्वोपरि मान्ने सिद्धान्तमा दृढ विश्वास गर्दछ।
४। वैचारिक आधार ९मूल मन्त्र०
 स्वतन्त्रको वैचारिक आधार राष्ट्रियता, नागरिक तन्त्र र नेपालवाद हो। व्यक्ति समान कानून र समान न्यायको सिद्धान्तमा अडिग छ, जहाँ श्रम, उत्पादन र सम्मानलाई सामाजिक मूल्यका रूपमा स्थापित गरिन्छ र प्रकृति, संस्कृति तथा परम्पराको संरक्षणलाई राष्ट्रिय दायित्व मानिन्छ।
 
५। वर्तमान राजनीतिक प्रणालीको समीक्षा
वर्तमान राजनीतिक प्रणाली भ्रष्टाचार, पहुँचवाद, ढिलासुस्ती र संरचनागत विभेदले ग्रस्त छ। सरकारी निकायमा सेवा प्रवाह योग्यता होइन पहुँचका आधारमा हुने, किसान र मजदुर राज्यको प्राथमिकतामा नपर्ने तथा नीति–निर्णय सीमित स्वार्थ समूहको नियन्त्रणमा रहने अवस्थाले राज्य र नागरिकबीचको विश्वास कमजोर बनेको छ। यस अवस्थाको मौलिक सुधार अपरिहार्य छ।
६। संवैधानिक सुधार प्रस्ताव
 हालको संवैधानिक संरचनाले सुशासन, जवाफदेहिता र राष्ट्रिय हित सुनिश्चित गर्न असफल भएको छ। त्यसैले राष्ट्रिय एकता र सांस्कृतिक निरन्तरता कायम गरिनुपर्छ। राष्ट्रपतिको सट्टा जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली लागू गरी शासनलाई उत्तरदायी बनाइनुपर्छ। प्रधानमन्त्रीका लागि बढीमा टण् वर्षको उमेर हद र राजनीतिक शास्त्रमा स्नातकोत्तर योग्यता अनिवार्य गरिनुपर्छ। खर्चिलो र द्वन्द्वमुखी संघीय संरचना खारेज गरी जनसंख्या र आवश्यकताका आधारमा प्रशासनिक क्षेत्र विभाजन गरिनुपर्छ। छिटो, सुलभ र निष्पक्ष न्यायका लागि नागरिक न्यायालय स्थापना गरिनुपर्छ र पद, पैसा वा पहुँचका आधारमा छुट नपाउने गरी समान कानून र समान दण्ड व्यवस्था कडाइका साथ लागू गरिनुपर्छ। अख्तियार, निर्वाचन आयोगलगायत संवैधानिक निकाय पूर्ण रूपमा स्वतन्त्र र शक्तिशाली बनाइनुपर्छ तथा राष्ट्रिय महत्वका विषयमा जनमत संग्रहलाई सशक्त बनाइनुपर्छ।
७। नागरिक हक, अधिकार र सामाजिक न्याय
राज्यको पहिलो कर्तव्य नागरिकको जीवनस्तर उकास्नु हो। त्यसका लागि आधारभूतदेखि विशेषज्ञ तहसम्मको स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क गरिनुपर्छ र बाल्यकालदेखि उच्च शिक्षासम्म गुणस्तरीय शिक्षा राज्यको दायित्व हुनुपर्छ। प्रत्येक घरको कम्तीमा एक सदस्यलाई न्यूनतम ५०,००० रुपैयाँ मासिक आयको सुनिश्चितता गरिनुपर्छ र रोजगारी नपाउँदासम्म २५,००० रुपैयाँ बेरोजगारी भत्ता उपलब्ध गरिनुपर्छ। सुरक्षित र किफायती आवास नागरिकको अधिकारका रूपमा स्थापित गरिनुपर्छ तथा शहरमा मनपरी घरभाडा रोक्न भाडा नियन्त्रण नीति लागू गरिनुपर्छ। महँगी नियन्त्रणका लागि उपभोक्ता अधिकार कडाइका साथ संरक्षण गरिनुपर्छ। मजदुरको जीवनस्तर उकास्न वैज्ञानिक न्यूनतम ज्याला लागू गरिनुपर्छ र सामाजिक सुरक्षा कोष सबै वर्गसम्म विस्तार गरिनुपर्छ। महिला, अपाङ्ग, ज्येष्ठ नागरिकलगायत सबै नागरिकलाई समान अधिकार र सम्मान सुनिश्चित गरिनुपर्छ।
८। कृषि, किसान र मजदुर नीति
 किसान र मजदुर बाँच्न नसके राष्ट्र बाँच्न सक्दैन। त्यसैले कृषि उपजको न्यूनतम समर्थन मूल्य सुनिश्चित गरी किसानलाई घाटाबाट जोगाइनुपर्छ। कृषि अनुदान प्रक्रिया सरल, पारदर्शी र आवश्यकता–आधारित बनाइनुपर्छ। उत्पादन वृद्धि र आत्मनिर्भरताका लागि २५ लाख रुपैयाँसम्म बिना धितो कृषि ऋण उपलब्ध गरिनुपर्छ। सिँचाइ, भण्डारण र बजार पूर्वाधार विकास गरी बिचौलिया नियन्त्रण गरिनुपर्छ। प्राकृतिक जोखिम न्यूनीकरणका लागि कृषि बीमा अनिवार्य बनाइनुपर्छ। मजदुरका लागि स्वास्थ्य बीमा र श्रम विवाद समाधानका लागि श्रम अदालत स्थापना गरिनुपर्छ। घरेलु उद्योग प्रवर्द्धन गरी गाउँमै रोजगारी सिर्जना गरिनुपर्छ र सहकारी क्षेत्रमा राजनीतिक हस्तक्षेप अन्त्य गरी सुशासन कायम गरिनुपर्छ।
९। आर्थिक नीति र स्रोत व्यवस्थापन
आत्मनिर्भर अर्थतन्त्र नै राष्ट्रिय स्वतन्त्रताको आधार हो। त्यसका लागि आयात प्रतिस्थापन नीति अवलम्बन गरी स्वदेशी उत्पादन बढाइनुपर्छ र प्रशोधित वस्तुको निर्यात प्रवर्द्धन गरिनुपर्छ। जल, जंगल, जमिन र खनिजजस्ता स्रोतलाई दोहन होइन, संरक्षण र मूल्य अभिवृद्धिको दृष्टिले प्रयोग गरिनुपर्छ। खनिज तथा कच्चा पदार्थ प्रशोधन उद्योग स्थापना गरी निर्यात बढाइनुपर्छ। अवैध रूपमा आर्जित कालो धन राष्ट्रियकरण गरी सार्वजनिक हितमा प्रयोग गरिनुपर्छ। सहकारी पीडितको रकम दोषीबाट असुल गरी न्याय सुनिश्चित गरिनुपर्छ। गरिब र पीडितलाई राहत दिन पीडितमुखी कर्जा मिनाहा नीति लागू गरिनुपर्छ। कर प्रणाली न्यायपूर्ण बनाउँदै साना व्यवसायलाई संरक्षण र स्वरोजगारलाई प्रोत्साहन गरिनुपर्छ।
१०। सुशासन, भ्रष्टाचार नियन्त्रण र कानुनी शासन
भ्रष्टाचार नै सबै समस्याको जरो भएकाले भ्रष्टाचारीलाई पद अनुसार होइन अपराध अनुसार कडा सजाय दिइनुपर्छ। सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण गरी प्लानिङ, कित्ताकाट वा कृतिम संरचना निर्माण गर्नेहरूलाई कडा जेल सजायको व्यवस्था गरिनुपर्छ। सार्वजनिक सम्पत्ति संरक्षणका लागि विशेष कानून बनाइनुपर्छ। सबै सार्वजनिक खरिद प्रक्रिया पारदर्शी अनलाइन प्रणालीबाट गरिनुपर्छ। एकद्वार सेवा प्रणाली लागू गरी सेवा प्रवाहलाई झन्झटमुक्त बनाइनुपर्छ। डिजिटल शासन विस्तार गरी मानव हस्तक्षेप घटाइनुपर्छ। कर्मचारी बढुवा पूर्ण रूपमा योग्यता र क्षमताका आधारमा गरिनुपर्छ र सुरक्षा निकायमा सिपाहीबाट सेवा प्रवेशको व्यवस्था लागू गरिनुपर्छ। सेवा प्रवाहमा समयसीमा तोकी ढिलासुस्तीलाई दण्डनीय बनाइनुपर्छ र नागरिक सुनुवाइमार्फत जनताको प्रत्यक्ष निगरानी सुनिश्चित गरिनुपर्छ।
११। शिक्षा, संस्कृति, वैदेशिक नीति, निर्वाचन सुधार, सुरक्षा, वातावरण र कार्यान्वयन
 गुणस्तरीय सार्वजनिक शिक्षा, प्राविधिक तथा व्यावसायिक सीप विकास, सबै भाषा र संस्कृतिको सम्मान, ‘दलित’ जस्ता विभेदकारी शब्दको खारेजी, राष्ट्रिय हित केन्द्रित कूटनीति, भिसा तथा आप्रवासन व्यवस्थापनमा कडाइ, निष्पक्ष र खर्चरहित निर्वाचन प्रणाली, नागरिक न्यायालयमार्फत छिटो न्याय, वातावरण संरक्षण, अव्यवस्थित शहरी प्लानिङमा कडा दण्ड, डिजिटल नेपाल अभियान र युवाकेन्द्रित स्टार्टअप प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता मा राखि यी सबै नीतिहरूलाई ५ वर्षे स्पष्ट कार्यान्वयन रोडम्यापमार्फत चरणबद्ध रूपमा लागू गरिनेछ।
१२। निष्कर्ष
न्याय, समृद्धि र स्वाभिमानयुक्त नेपाल निर्माणका लागि दृढ संकल्पित हुनुपर्छ देश र जनताको हितलाई सर्वोपरि राख्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकताबद्ध भई यो ऐतिहासिक परिवर्तनको यात्रामा सहभागी हुन क्यामेरा चुनाव चिन्हमा  मतदान गरी मलाई अत्याधिक बहुमतले विजय गराउन हार्दिक अनुरोधका साथ हार्दिक आह्वान गर्दछू।
जय नेपाल आमा ्र जय धरती माता ्र जय पशुपतिनाथ ।
नविन  कुमार  महत
प्रतिनिधि सभा सदस्य उम्मेदवार
भक्तपुर क्षेत्र नं।२
चुनाव चिन्ह क्यामेरा 
मुख्य चुनावी नारा ९ऋयचभ क्यिनबलक०
ज्ञ।    राष्ट्रियता, नागरिक तन्त्र र नेपालवाद यही हो स्वतन्त्रको पहिचान
द्द।    नेता होइन, सेवक चाहिन्छ स्वतन्त्र चाहिन्छ
घ।    जनताका लागि राजनीति, दलका लागि होइन
द्ध।    समान कानून, समान न्याय — यही हो नयाँ नेपाल
छ।    भ्रष्टाचारको अन्त्य, स्वाभिमानी नेपालको सुरुवात
विकास र पूर्वाधार केन्द्रित नारा
ट।    निकोसेरा– ढुङ्गे धारा देखि बोडेसम्म — कालोपत्रे सडक हाम्रो प्रतिबद्धता
ठ।    सडक राम्रो, जीवन सजिलो — भक्तपुरको नयाँ रूप
ड।    कागजमा होइन, जमिनमा विकास
ढ।    भक्तपुरमा योजना, देशभर प्रभाव
वातावरण र पर्यटन
ज्ञण्।    सूर्यविनायक जंगल — अन्तर्राष्ट्रिय वन्यजन्तु चिडियाखाना
ज्ञज्ञ।    जंगल संरक्षण, पर्यटन समृद्धि
ज्ञद्द।    प्रकृति जोगाऔँ, भविष्य बनाऔँ
सुशासन र जनसहभागिता
ज्ञघ।    भक्तपुर — जनताको विश्वास र साझेदारीको जिल्ला
ज्ञद्ध।    जनतासँग सरकार, सरकारमाथि जनता
ज्ञछ।    सिन्डिकेट अन्त्य, सेवा प्रवाह सुनिश्चित
ज्ञट।    यातायातमा माफिया होइन, नियमको शासन
 शिक्षा, स्वास्थ्य, खानेपानी
ज्ञठ।    खानेपानी, शिक्षा, स्वास्थ्य — जनताको मौलिक अधिकार
ज्ञड।    पैसा नभए पनि उपचार पाउने नेपाल
ज्ञढ।    निःशुल्क शिक्षा, सक्षम पुस्ता
द्दण्।    स्वास्थ्य र शिक्षा व्यापार होइन, सेवा हो

सामाजिक न्याय र अर्थतन्त्र
द्दज्ञ।    किसान बाँच्यो भने राष्ट्र बाँच्छ
द्दद्द।    काम गर्नेको सम्मान, लुट्नेको जेल
द्दघ।    रोजगारी देशमै, युवा विदेश होइन
द्दद्ध।    महँगी नियन्त्रण, जनताको जीवन सुरक्षित
नागरिक सर्वौचता
द्दछ।    स्वतन्त्र नै विकल्प
द्दट।    अब जनताको पालो
द्दठ।    दल होइन, देश
द्दड।    न्याय बिना विकास हुँदैन
द्दढ।    भक्तपुर २ — परिवर्तनको केन्द्र
घण्।    नवीन सोच, नयाँ नेपाल
मूल राजनीतिक नारा ९ऋयचभ क्यिनबलक०
ज्ञ।    राष्ट्रियता, नागरिकतन्त्र र नेपालवाद — यही हो स्वतन्त्रको पहिचान
द्द।    नेता होइन, सेवक चाहिन्छ — स्वतन्त्र चाहिन्छ
घ।    समान कानून, समान न्याय — यही हो मेरो प्रण
द्ध।    भ्रष्टाचारमुक्त शासन, स्वाभिमानी नेपाल
छ।    दलको होइन, जनताको सरकार
 सुशासन र भ्रष्टाचार विरोधी नारा
ट।    पदअनुसार होइन, अपराधअनुसार सजाय
ठ।    भ्रष्टाचारको अन्त्य — समृद्धिको सुरुवात
ड।    जनताको पैसा, जनताकै सेवामा
ढ।    पहुँच होइन, योग्यता चल्ने देश बनाऔँ
ज्ञण्।    ढिलासुस्ती अपराध हो — सेवा समयमै हो
शिक्षा, स्वास्थ्य, खानेपानी ९ँचभभ क्भचखष्अभक० नारा
ज्ञज्ञ।    शिक्षा निःशुल्क, स्वास्थ्य निःशुल्क — यो अधिकार हो, दया होइन
ज्ञद्द।    खानेपानी, शिक्षा, स्वास्थ्य — सबैका लागि निःशुल्क
ज्ञघ।    बाँच्नका लागि पैसा होइन, राज्य चाहिन्छ
ज्ञद्ध।    गरिबको उपचार सरकारको जिम्मा
 रोजगारी, मजदुर र किसान नारा
ज्ञछ।    एक घर, एक रोजगारी — यही हाम्रो नीति
ज्ञट।    किसान बाँच्यो भने देश बाँच्छ
ज्ञठ।    मजदुरको पसिना, राष्ट्रको आधार
ज्ञड।    ५० हजार न्यूनतम आय — गरिमापूर्ण जीवनको आधार
ज्ञढ।    २५ हजार बेरोजगारी भत्ता — आशाको सुरुवात
 यातायात र सडक स्तरोन्नति ९स्थानीय नारा०
द्दण्।    निकोसिर–ढुङ्गे–धारा–बोडे सडक अब कच्ची होइन, कालोपत्रे
द्दज्ञ।    सडक विकास . स्थानीय विकास
द्दद्द।    खाल्डाखुल्डी होइन, सुरक्षित सडक चाहिन्छ
द्दघ।    भक्तपुरका सडक, राष्ट्रिय स्तरका सडक
सूर्यविनायक जंगल र वातावरण नारा
द्दद्ध।    सूर्यविनायक जंगल — अन्तर्राष्ट्रिय वन्यजन्तु चिडियाखाना
द्दछ।    वन संरक्षण, पर्यटन प्रवर्द्धन
द्दट।    प्रकृति जोगाऔँ, समृद्धि कमाऔँ
द्दठ।    जंगल हाम्रो सम्पत्ति हो, दोहन होइन
भक्तपुर जिल्ला विशेष नारा
द्दड।    भक्तपुर — जनताको साझेदारी जिल्ला
द्दढ।    जनता–राज्य साझेदारीबाट भक्तपुर समृद्ध
घण्।    भक्तपुर अब अवसरको जिल्ला
घज्ञ।    संस्कृति, पर्यटन र रोजगारीको केन्द्र — भक्तपुर
 यातायात सिन्डिकेट अन्त्य नारा
घद्द।    सिन्डिकेट होइन, प्रतिस्पर्धा
घघ।    यातायात माफियाविरुद्ध जनताको उम्मेदवार
घद्ध।    सस्तो, सुरक्षित र सहज यातायात
घछ।    यातायात जनताको सेवा हो, माफियाको धन्दा होइन
प्रभावशाली चुनावी नारा ९क्तबनभ र द्यबललभच०
घट।    भोट स्वतन्त्रलाई — शासन जनतालाई
घठ।    मेरो उम्मेदवारी, तपाईंको आवाज
घड।    नवीन कुमार महत — परिवर्तनको भरोसा
घढ।    भक्तपुर–२ को आवाज संसदमा
द्धण्।    अब निर्णय जनताले गर्छ
मेरो विचारमा क्यामेरा —देखिने मात्र होइन, देखाउने चिन्ह हो ।
मेरो विचारमा क्यामेरा चुनाव चिन्ह आजको राजनीतिक परिवेशमा सबैभन्दा अर्थपूर्ण र समय सापेक्ष प्रतीक हो। क्यामेराले न झूट लुकाउँछ, न सत्यलाई सजाउँछ—जे छ, त्यही देखाउँछ। त्यसैले यो पारदर्शिता, जवाफदेहिता र प्रमाणमा आधारित राजनीतिको चिन्ह हो।
मेरो उम्मेदवारीसँग क्यामेराको स्वभाव स्वाभाविक रूपमा मेल खान्छ। उहाँ भाषणभन्दा व्यवहारमा, आरोपभन्दा प्रमाणमा र प्रचारभन्दा परिणाममा विश्वास गर्नुहुन्छ। यही कारण क्यामेरा मेरो राजनीतिक सोचको सही प्रतिनिधि बनेको छ।
मेरो विचारमा राजनीति अब नेताको आँखाबाट होइन, जनताको आँखाबाट हेर्नुपर्छ। “क्यामेराको आँखा, जनताको आवाज” भन्ने भावना यहीँबाट आउँछ। क्यामेरा जनताले देखेको दुःख, भोगेको अन्याय र सुनेको पीडाको साक्षी बन्छ त्यसैले नागरिकलाई केवल मतदाता होइन, निर्णायक साझेदार मान्ने सोच यही हो भन्ने भावनामा आधारित भएर मैले क्यामेरा चुनाव चिन्ह रोजेको हो।
धेरै चुनाव चिन्ह अतीतमा अड्किएका छन्, तर क्यामेराले वर्तमान र भविष्यसँग बोल्छ। “मिडिया ट्रायल होइन, क्षमता र इमान्दारीको मूल्यांकन” भन्ने भनाइ र क्यामेरा चिन्हबीच कुनै विरोध छैन। क्यामेराले सस्तो प्रचार होइन, स्थायी अभिलेख बनाउँछ—र यही डरले नेता असल र अनुशासित हुन्छ।
क्यामेराले स्थानीय समस्यालाई राष्ट्रिय बहस बनाउँछ। सुर्यविनायक र मध्यपुर ठिमि नगरपलिकाका  करिव २,६,०००० जनताहरुको आवाज बन्द कोठामा सीमित रहँदैनन्। मेरो विचारमा नेताले बोलेका शब्द बिर्सन सकिन्छ, तर क्यामेराले खिचेको काम इतिहासमा रहन्छ। “म नेता होइन, सेवक बनेर काम गर्छु” भन्ने भनाइ क्यामेरासँग अझ विश्वसनीय हुन्छ, किनकि सेवकको काम देखिनुपर्छ, प्रचार होइन ।त्यसैले  मैले क्यामेरा चिन्हले भक्तपुर–२ को आवाज संसदसम्म पुर्‍याउने दाबीलाई बल पुर्याउने विश्वास लिएको छु ।
प्यारा भक्तपुर क्षेत्र नं। २ का आदरणिय आमा वुवा दाजु भाई तथा दिदी बैनिहरु, क्यामेरा कुनै सजावटी चुनाव चिन्ह होइन—यो राजनीतिक संस्कार परिवर्तनको संकेत हो। क्यामेरामा स्वस्तिक छाप लगाउनु केवल भोट हाल्नु होइन, पारदर्शिता, जवाफदेहिता र सेवाभावमा आधारित नयाँ राजनीतिक अभ्यास रोज्नु हो।
यदि भक्तपुर–२ ले साँच्चै सेवक खोजेको हो भने, मेरो विचारमा क्यामेराले यसपटक जनताको चाहना स्पष्ट रूपमा खिच्नेछ भन्दै क्यामेरा चुनाव चिन्हमा  मतदान गरी मलाई अत्याधिक बहुमतले विजय गराउन हार्दिक अनुरोध गर्दछु । 
धन्यवाद  १११
नविन  कुमार  महत
प्रतिनिधि सभा सदस्य उम्मेदवार
भक्तपुर क्षेत्र नं।२
चुनाव चिन्ह क्यामेरा 
 

Comments