‘पवन आलोक नियात्रा सम्मान' व्यासलाई
माघ ९, २०८२, शुक्रबार | राति ०९:१९ बजे | 180
काठमाडौं । नियात्रा समाज नेपालले ‘पवन आलोक नियात्रा सम्मान—२०८१’ अग्रज नियात्राकार निर्मोही व्यासलाई प्रदान गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अग्रज नियात्राकार घनश्याम राजकर्णिकारले निर्मोही व्यास ९प्रा।डा। वेदव्यास उपाध्याय न्यौपाने०लाई उक्त सम्मान प्रदान गरे । सम्मानका साथ नगद राशि ५० हजार एक रुपैयाँ सम्मान संस्थापक रेखा कडेलले हस्तान्तरण गरिन । सम्मानित व्यक्तित्व डा। व्यासले आफ्नो नियात्रा लेखनको थालनीबारे स्मरण गरे । उनले आफ्नो बानी रचना पटकपटक परिष्कार गर्दै जाने भएकोले, त्यसैले आफूलाई यहाँ उभ्याएको उल्लेख गरे । छनोट समितिका सदस्य साहित्यकार श्रीओम श्रेष्ठ रोदनले नियात्राकार व्यासको यस क्षेत्रमा योगदान अतुलनीय रहेको बताउँदै उनी आफ्नो सिर्जनामा हृदय पस्किने सर्जक भएको चर्चा गरे । नियात्राकार प्रतीक ढकालले पाँच वर्षअघि पुरस्कार स्थापना गर्दाको समय स्मरण गरे । कार्यक्रममा सम्मान संस्थापक रेखा कँडेलको लिखित मन्तव्य बाचन गरिएको थियो,जसमा सम्मान स्थापनाको पृष्ठभूमि स्मरण गरिएको थियो । कार्यक्रममा नियात्रा समाजका संस्थापक अध्यक्ष शिवप्रसाद भट्टराई,इल्या भट्टराई,समेतले आफ्नो भनाई राखे । नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण भवानी खतिवडाले गरेकी थिइन । स्वागत मन्तव्य नियात्राकार विष्णुप्रसाद पराजुलीले राखे । रेखा कँडेलले २०७७ सालमा नियात्राकार पवन आलोकको नाममा “पवन आलोक नियात्रा पुरस्कार” स्थापना गरेको उक्त पुरस्कार कृतिगत रूपमा अर्पिँदै आएको थियो। यसै वर्षदेखि उक्त पुरस्कार “पवन आलोक नियात्रा सम्मान” का रूपमा योगदानको आधार मानी प्रदान गर्ने निर्णय गरिएको हो। उक्त सम्मानबाट यस अघि भीष्म उप्रेती,डा।दामोदर पुडासैनी किशोर,इल्या भट्टराई,तेजप्रकाश श्रेष्ठलाई कृतिगत रुपमा पुरस्कार प्रदान गरिएको थियो ।
