कवि इन्दुलका फूलका फिलिङ्गामा व्यङ्ग्यात्मक चेत
माघ ८, २०८२, बिहीबार | विहान १०:३१ बजे | 210
प्रा डा कृष्णप्रसाद दाहाल
९८४१७२४०६७
१ परिचय
चौरासी वसन्त पार गरिसकेका डा। इन्दुल के।सी।लाई अब खासै परिचयको पगरी गुँताइरहनु पर्दैन । उनी आफैँमा परिचयको स्मारक भइसकेका छन् । अनेकौँ आयाममा विभक्त भई समाज र राष्ट्रको हितमा थुप्रै कार्य गरिसकेका छन् र गर्दै छन् पनि । साहित्य, कला, संस्कृति र पत्रकारिताबाट उनी विभूषित छन् । न्याय, प्रशासन र राजनीतिमा पनि त्यतिकै प्रखर र प्रख्यात छन् । यिनी श्रीखण्ड चन्दन हुन् । चनौटोमा नघोटेसम्म यिनको व्यक्तित्वको सुवास थाहा पाउन सकिन्न । जसले यिनलाई थाहा पाउने गरेको छ, उसले यो कुरा बुझेको छ । सरल, शान्त र सौम्यभाव इन्दुलका गुण हुन् । कपाली तमसुकमा लेखेजस्तो साक्षी किनाराका सदर भनी यिनको परिचय दिंदा सही(छाप गरिरहनु पर्दैन । यिनी आफैँमा सही छाप हुन् । जसका सम्बन्धमा यस आलेखमा काव्यिक विमर्श गरिएको छ ।
२। डा। इन्दुल के। सी। का व्यङ्ग्य कविताको अध्ययन
डा। इन्दुल के।सी।ले नेपाली कविताका क्षेत्रमा निकै लामो साधना गरिसकेका छन् । वि।सं। २०६८ सालमा यिनको पहिलो ुभुइँचालोु कवितासङ्ग्रह प्रकाशित भएको थियो । सङ्ग्रह आउनु अगाडिदेखि नै उनी फुटकर कविताहरूमा जमिसकेका थिए । छापा पत्रिका र अनलाइनमा अनवरत रूपमा कविता प्रकाशन गर्दै आएका इन्दुलले यस पटक अर्थात् २०८२ सालमा व्यङ्ग्य कविताहरूको मुठो लिएर आएका छन् ।
यो ुइन्दुलका फूलका फिलिङ्गाु कृति कविता र केही भजन गीतहरूको सङ्ग्रह हो । यस सङग्रहमा कवि इन्दुल फरक किसिमले प्रस्तुत भएका छन् । अध्ययन, अनुभव र उमेरका दृष्टिले यिनले परिपक्व विचारको सम्प्रेषण यस सङ्ग्रहभित्र गरेका छन् । मूलतः देशमा भइरहेको अनेकौँ बेथितिहरूलाई काव्यात्मक बान्कीद्वारा व्यङ्ग्यात्मक झटारो हानेका छन् । हेर्दा हलुको लाग्ने देखिन्छन् यिनका कविता । तर जब कविताको चिन्तनमा डुब्ने गरिन्छ, तब प्रत्येक कविता गह्रुङ्गो भएर देखा पर्दछन् । सरलतामा गहनता अनि अभिव्यक्तिको तीव्रताले यिनका कविता उचालिएका छन् ।
“ बक्रोक्ति, काव्य जीवितमू आचार्य कुन्तकको यो भनाइ इन्दुलका व्यङ्गम कवितामा प्राप्त गर्न सकिन्छ । बागो वा घुमाउरो प्रस्तुतिले नै काव्य अमर हुनेगर्दछ । व्यङ्ग्यात्मकतामा जति भाव अटाउन सकिन्छ त्यति अरुमा सकिंदैन । भावना र अभिव्यक्तिको कसिलो रूप व्यङ्गय कवितामा, खरो रूपमा उत्रिएको हुन्छ । अतः डा। इन्दुल के। सी। का कविता यसै मान्यतामा आबद्ध भएको पाइन्छ ।
तीसओटा कविता र भजन समावेश गरिएको ुइन्दुलका फूलका फिलिङ्गाु कवितासङ्ग्रहको प्रारम्भ आन्दोलन शीर्षकको कविताबाट गरिएको छ । कवि इन्दुलले आफ्नो सिङ्गो जीवन नै आन्दोलनमा व्यतीत भएको बताएका छन् । बाल्यावस्थादेखि वृद्धावस्थासम्म आइपुग्दा कविले आन्दोलनको भारी बिसाएका छैनन् । आफूभित्रको प्रगतिशीलतालाई देखाउन कवि सफल भएका छन् । नकारात्मकताको अन्त्य गरेर सकारात्मकताको स्थापनाका निम्ति हरेक मानिसले अग्रसर हुनुपर्छ भन्ने सन्देश यहाँ दिइएको छ । वाच्यार्थद्वारा कविले आफूलाई सधैँ सशक्त रूपमा प्रस्तुत गर्नुपर्दछ भनी आलस्य र दिग्दारीमा दिन र जीवन खेर फाल्नेहरूलाई व्यङ्ग्य गरेका छन् ।
३। यसमा रहेका कविताका शीर्षकहरु
—
आन्दोलन, वर्षा, नेपालको तस्बिर, समयको चित्र विचित्र, बसाई सराई, विविध आयाम, विविध प्रस्तुति, व्यापार अपार, व्यथाको कथा, गथि ९गाँठो०, कवि र कविता, ःभभतष्लन, मेरो यात्रा, नाच, नसा र दसा, नेपालको मौसाम,
परिणाम परिवर्तन, प्रातकाल, प्रेम विवाह, रात्री भोज, शब्दयात्रा, उद्गार, सम्बन्ध, सम्पत्ति विवरण, शान्तिभित्रको जलन, सगुन भजन, माया मोह, पसिना र आँसु सम्मिश्रित जीवन
४। निष्कर्ष
कवि डा। इन्दुल के। सी। को ुइन्दुलका फूलका फिलिङ्गाु वर्तमान समाजका यथार्थ चित्रणमा आधारित कवितासङ्ग्रह हो । मूलतः राजनीतिक विकृतिले अस्तव्यस्त भएको यथार्थ विषयलाई यहाँ प्रस्तुत गरिएको छ । कवि प्रतीक र बिम्बको उचित संयोजन गरेर अनेकौँ बेथितिप्रति चोटिलो व्यङ्ग्य प्रहार गरेका छन् । व्यङ्ग्यात्मक चेतका माध्यमबाट स्वीकृतिमूलक सन्देश प्रवाह गर्नु कवि इन्दुलको काव्यिक विशेषता हो । व्यङ्ग्यामक चेतका अतिरिक्त भजनका माध्यमबाट आध्यात्मिक र मानसिक शान्ति सम्प्रेषण गर्न पनि कवि इन्दुल सफल भएका छन् । आफूले प्राप्त गरेको ज्ञान र अनुवभलाई काव्यात्मक वाणी प्रदान गरेर कवि इन्दुलले चौरासी वर्षको उमेरमा पनि आफ्नो सक्रिय जीवन देखाउनु निश्चय नै सबैका निम्ति लोभलाग्दो कुरा हो भन्ने मैले ठानेको छु । यो कवितासङ्ग्रहले नेपाली व्यङ्ग्यामक कविताको इतिहासमा अहम् भूमिका स्थापित गरेको छ भन्ने मैले ठानेको छु । अतः राम्रो काव्यकृतिको निर्माण गर्न सकेकोमा कवि डा। इन्दुल के। सी। प्रति हार्दिक आभार प्रकट गर्दै उनको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर यो आलेख यही अन्त्य गर्दछु।
रातोपुल, काठमाडौं
मेरो विद्यार्थी ९स्कुले० जीवन वि। सं। २०१५ सालदेखि साहित्यमा अभिरूचि राखी पढ्ने, लेख्ने र आफैले पनि रचनाहरू रचेर विभिन्न पत्रपत्रिकहरूमा प्रकाशन गर्ने र गरिआएको छु ।
रचनाकार
आज मेरो उत्तरार्द्ध जीवन ९ ८४ वर्ष ० मा अनेकौं शिशिर र वसन्त ऋतुहरू पार गरिसकेको छु । अहिलेसम्म मेरो कलमले साहित्यका विभिन्न विधाहरू ( कविता, कथा, निबन्ध, समीक्षात्मक टिप्पणी, सम्पादकीय लेखनको साथै विभिन्न लेखकहरूको पुस्तकहरूमा भूमिकाहरूसमेत लेख्ने गरिआएको छु । मेरा आफ्नै एकदर्जन पुस्तकहरू पनि प्रकाशित भइसकेका छन् । अहिले यो बुढ्यौली अवस्थामा पुग्दा आफ्नो परिवार, समाज, राष्ट्र र देशका सामाजिक, आर्थिक, राजनैतिक, विकास निर्माण र आध्यात्मिक विषयहरूमा आफूले देखेका भोगेका सुखद् र दुःखद् पक्षका विभिन्न कुराहरू मेरो मनमा उब्जिरहेका हुन्छन् । तिनै कुराहरूलाई मैले जानी नजानी रचेका केही रचनाहरूको सङ्गालो यो ुइन्दुलका फूलका फिलिङ्गाु पुस्तक हो । यसमा कविताहरू, भजन, गीतहरू पनि छन् । भाषागत रूपमा अधिकांश रचनाहरू नेपाली भाषामा भए तापनि केही रचना नेपाल भाषा ९नेवारी० तथा एउटा अंग्रेजी भाषामा पनि छ ।
प्रस्तुत पुस्तक अति मिहिनेतका साथ सम्पादन गर्नुहुने प्रा। डा। कृष्णप्रसाद दाहालज्यूप्रति आभार प्रकट गर्दछु । यसरी नै यो पुस्तक प्रकाशन गर्ने शिलशिलामा शुभकामना प्रदान गर्नुहुने विभिन्न संस्थाका आदरणीय विशिष्ट महानुभावहरूको साथै पुस्तक डिजाइन तथा मुद्रण गर्ने इम्प्रिन्ट डिजाइन एण्ड प्रिन्ट सोलुसन, भक्तपुरलाई पनि विशेष धन्यवाद नदिई बस्न सकिन्न ।
यो पुस्तक प्रकाशन गर्ने कार्यको व्यवस्थापनमा लागेका मेरो सन्ततिजन
उज्जल के।सी।९छोरा०, सिर्जना पौड्याल के।सी। ९बुहारी०, रजनी के।सी। मानन्धर र सजनी के।सी। कार्की ९छोरीद्वय०लाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु ।
विनीत
डा। इन्दुल के।सी।
भक्तपुर नेपाल ।
