प्रदीप सापकोटाकृत नियात्रासङ्ग्रह ‘यात्राको लय’ दोश्रो संस्करण सार्वजनिक
माघ ७, २०८२, बुधबार | राति ०९:१६ बजे | 240
काठमाडौं। नियात्राकार प्रदीप सापकोटाको नियात्रा कृति यात्राको लयको द्धितिय संस्करण सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा प्रा.डा.लक्ष्मणप्रसाद गौतम,श्रीओम श्रेष्ठ रोदन,प्रमोद प्रधान,डा.सृजना शर्मा,छविरमण सिलवाल,लेखनाथ हुमागाईं,केशव पराजुली र नियात्राकारले उक्त कृति सार्वजनिक गरे । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गौतमले सापकोटाको नियात्रा सरल र पाठकलाई डोर्याएर लाने सामाथ्र्य भएको बताए । कृतिमाथि परिचर्र्चा गर्दै वरिष्ठ समालोचक प्रमोद प्रधानले सापकोटाको नियात्रा द्धन्दकालीन समयको चित्र भएको बताए । उनले भने निजात्मक अनुभूति र जानकारीमूलक नियात्रा लेखनीमा लागेका सापकोटाको कृतिले स साना दृश्यलाई अनुभूतिमय ढंगले लेखिएको छ । लेखकका गुरु लेखनाथ हुमागाईंले आफ्नो शिष्यको साहित्य सिर्जनाले खुशी भएको भन्दै उनको विद्यालय जीवनको समेत जानकारी दिए । अर्का चर्चाकार डा.सृजना शर्माले कृतिले विभिन्न यात्राका क्रममा भोगेका दुःख र पीडा,राष्ट्रियता र छिमेकीका हेपाहा प्रवृत्तिको वारेमा चर्चा गरिएको बताइन । कृतिले पाठकलाई संगै घुमाउने उनको भनाई थियो । यात्राको लयले पूर्वदेखि सुदुर पश्चिमसम्मका विभिन्न स्थानहरुसम्म पाठकलाई लैजान्छ ।स्थानीयता,अनुभूति र श्रीओमले स्रष्टा नियात्रा मात्र नभएर निजात्मक निबन्ध लेखनीमा समेत क्रियाशिल स्रष्टा भएको बताए । भुँडीपुराण प्रकाशनका केशव पराजुली,साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,नियात्राकार पवन आलोक,साहित्यकार किशोर पहाडीले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रमको सभापतित्व श्रीओम श्रेष्ठ रोदनले गरे । नियात्राकार सापकोटाले आफु लेख्न रहर गर्ने व्यक्ति भएपनि असल पाठक भएको बताए । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रमको सहजिकरण प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल तथा स्वागत कोषाध्यक्ष तारा केसीले गरिन् ।
फाेटाेमा हेर्नुहाेस्...
