भक्तपुर २ मा नेमकिपाबाट रमेश वैद्यः शोभा पाठक पनि उम्मेदबार
माघ ६, २०८२, मङ्गलबार | दिउँसो ०३:३३ बजे | 250
भक्तपुर । नेपाल मजदुर किसान पार्टीको तर्फबाट भक्तपुर क्षेत्र नं २ मा रमेश वैद्यले उम्मेदबारी दर्ता गराएका छन् । उनी मध्यपुर थिमि नगरपालिका वडा नं ७ नगदेश निवासी हुन् । साथै उनी पार्टी भक्तपुर नगर समितिका अध्यक्षसमेत हुन् । उनको उम्मेदबारी दर्तामा पार्टी केन्द्रिय सदस्य सुनिल प्रजापति, सोही क्षेत्रबाट यसअघिका उम्मेदबार अनुराधा थापामगरलगायतका शीर्ष नेताहरु पुगेर उम्मेदबारी दर्ता गराएका थिए । साथै यो क्षेत्रमा अभियन्ता शोभा पाठकले पनि उम्मेदबारी दिएका छन् । यसैवीच यस क्षेत्रबाट हालसम्म १४ जनाले उम्मेदबारी दिएका छन् ।
