एभरेस्ट इन्जिनियरिङ कलेजको बृहत् पूर्व विद्यार्थी सम्मेलन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति गठन


असार २२, २०८३, सोमबार | विहान १०:५७ बजे | 270


एभरेस्ट इन्जिनियरिङ कलेजको बृहत् पूर्व विद्यार्थी सम्मेलन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति गठन

काठमाडौं, असार : एभरेस्ट इन्जिनियरिङ कलेज (EEC) द्वारा आयोजित बृहत् पूर्व विद्यार्थी सम्मेलन भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न शैक्षिक सत्रका उल्लेख्य संख्यामा पूर्व विद्यार्थीहरूको सहभागिता रहेको थियो। सम्मेलनले पूर्व विद्यार्थीहरूबीच आपसी सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै कलेजको समग्र विकासमा Alumni को सक्रिय सहभागिता र योगदानलाई अझ प्रभावकारी बनाउने उद्देश्यलाई अघि सारेको थियो।

कार्यक्रमको सभाध्यक्षता EEC Alumni Committee का अध्यक्ष इ. राकेश कुमार देवले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कलेजका सह-प्राचार्य एसोसिएट प्रोफेसर इ. राजन लामाले गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्राचार्य प्रोफेसर डा. हरि कृष्ण श्रेष्ठले कुनै पनि शैक्षिक संस्थाको पहिचान, प्रतिष्ठा र विकासमा पूर्व विद्यार्थीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै, Alumni र कलेजबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले पूर्व विद्यार्थीहरूको अनुभव, ज्ञान र व्यावसायिक सफलताले वर्तमान विद्यार्थीहरूलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी कलेजका CEO श्री अरुण कुमार भण्डारीले "Alumni को दोस्रो घर भनेकै कलेज हो" भन्ने धारणा व्यक्त गर्दै Alumni द्वारा सञ्चालन हुने हरेक रचनात्मक कार्यक्रमलाई कलेजको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। साथै उहाँले आगामी दिनहरूमा पनि कलेज परिसरमै विविध कार्यक्रम, अन्तरक्रिया तथा पुनर्मिलन कार्यक्रमहरू आयोजना गरी कलेजसँगको सम्बन्धलाई अझ मजबुत बनाउन आग्रह गर्नुभयो।

सम्मेलनको महत्वपूर्ण उपलब्धिका रूपमा इ. डा. अशोक खातीको नेतृत्वमा नयाँ Executive Committee गठन गरिएको छ। नवनिर्वाचित अध्यक्ष इ. डा. अशोक खातीले आफ्नो कार्यकालमा Alumni लाई अझ व्यवस्थित, सक्रिय र सशक्त बनाउने, पूर्व विद्यार्थीहरूको सहभागिता बढाउने तथा आगामी दुई वर्षभित्र Alumni सम्बन्धी विभिन्न नयाँ कार्यक्रम, योजना र गतिविधिहरू सफलतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त सम्मेलनले पूर्व विद्यार्थीहरूबीच आपसी भेटघाट, अनुभव आदान–प्रदान तथा कलेजसँगको सम्बन्धलाई थप मजबुत बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको थियो। सहभागीहरूले पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।

कार्यक्रम उत्साह, सौहार्दता र आपसी सद्भावका साथ भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा खिचिएका केही तस्बिरहरू यसैसाथ प्रस्तुत गरिएका छन्।

फाेटाेमा हेर्नुहाेस्...

एभरेस्ट इन्जिनियरिङ कलेजको बृहत् पूर्व विद्यार्थी सम्मेलन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति गठन

Comments

ताजा खबर