राष्ट्रियस्तरको मूट कोर्ट प्रतियोगितामा ख्वप कलेज अफ लको सफलता !
असार २१, २०८३, आइतबार | साँझ ०५:४२ बजे | 515
प्रतिष्ठित सातौं बीआरयू (भरत राज उप्रेती) फाउन्डेसन मूट कोर्ट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ख्वप कलेज अफ ल देशभरका १८ वटा ल कलेजबीच दोस्रो स्थान हासिल गर्न सफल भएको छ। यस उल्लेखनीय उपलब्धिले कलेजको शैक्षिक उत्कृष्टता, विद्यार्थीहरूको क्षमता र समर्पणलाई थप उजागर गरेको छ।
