भक्तपुर १ मा १३ जनाको उम्मेदबारी
माघ ६, २०८२, मङ्गलबार | दिउँसो ०२:५४ बजे | 230
भक्तपुर । भक्तपुर क्षेत्र नं १ मा दिउँंसोसम्म १३ जनाले उम्मेदबारी दर्ता गरेका छन् । जिल्ला निर्वाचनको कार्यालय सल्लाघारी भक्तपुरले जनाए अनुसार दिउँसो झण्डै दुई बजेसम्म यहाँं कुल १३ जनाले उम्मेदबारी दर्ता गराएका छन् ।
यो क्षेत्रमा प्रत्येक पटक तुलनात्मक रुपमा उम्मेबारहरुको संख्या कम हुने गर्दछ । यो क्षेत्र नेपाल मजदुर किसान पार्टीको पकडको क्षेत्र हो । यो क्षेत्रमा हालसम्म सोही पार्टीका उम्मेदबारहरुले निरन्तर फराकिलो मतको अन्तरका साथ जित्दै आएका छन् । यही कारण यहाँं उम्मेदबारहरुको संख्या कम हुने हुँंदै आएको हो । यसबाहेक भक्तपुर निर्वाचन क्षेत्रमा भने वढी उम्मेदबार रहने गर्दछ ।
उम्मेबारी दर्ता गराउने दल तथा उम्मेदबारहरुको नामावली
नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल
राष्टिय स्वतन्त्र पार्टीबाट रुकेश रञ्जित
नेपाली कांग्रेसबाट किरण न्यौपाने
नेपाली कम्युनिष्ट पार्टीेबाट हरिराम लवजू
नेकपा एमालेबाट नवराज गेलाललगायत
