उज्वलले महोत्तरी ३ मा रास्वपाबाट उम्मेदबारी दिने


माघ ६, २०८२, मङ्गलबार | दिउँसो १२:१३ बजे | 130


उज्वलले महोत्तरी ३ मा रास्वपाबाट उम्मेदबारी दिने

काठमाडौं, स्वतन्त्रबाट उम्मेदबारीको तयारी गरिरहेका महोत्तरीका उज्जवलकुमार झालाई राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) ले टिकट दिएको छ । यसअघि एकल रुपमा स्वतन्त्रबाट उम्मेदबारीको तयारी गरेका झालाई रास्वपाले टिकट दिएपछि अहिले सोही पार्टीबाट महोत्तरी क्षेत्र नम्बर ३ मा उनले उम्मेदबारी दर्ता गर्दैछन् । झा भ्रष्टाचार विरोधी अभियन्ता हुन् । साथै उनी समाजसेवी पनि हुन् । उनी लामो समयदेखि जनताको आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र युवाको सशक्तीकरणका क्षेत्रमा सक्रिय छन् । उनको उम्मेदवारी भ्रष्टाचार विरुद्धको अभियान, समाजप्रतिको समर्पण, दूरदर्शिता र जनसेवाप्रतिको प्रतिबद्धताको स्पष्ट संकेत मानिएको छ ।

Comments