राष्ट्रिय गान–स्वदेशको शान
माघ ५, २०८२, सोमबार | दिउँसो ०१:०७ बजे | 265
डा. इन्दुल के.सी.
रत्नकुमार श्रेष्ठ
लेखकद्वय
भूमिका
राष्ट्रिय गान कुनै पनि देशको गौरव, सम्मान र एकताको प्रतीक हो । राष्ट्रप्रेम, देशभक्ति र नागरिकहरुको साझा पहिचानलाई अभिव्यक्त गर्ने माध्यमका रूपमा राष्ट्रिय गानको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसले देशका नागरिकहरुमा राष्ट्रप्रेम, आत्मगौरव र देशको लागि समर्पणको भावना समेत जागृत गराउँछ । नेपालमा पनि राष्ट्रिय गानले नेपालीपन, विविधतामा एकता र स्वतन्त्रताको प्रतीकका रूपमा विशेष स्थान ओगटेको छ ।
ऐतिहासिक पृष्ठभूमि
राष्ट्रिय गान ९ल्बतष्यलब िब्लतजझ० को परम्पराको शुरुवात युरोपीयन देशहरुबाट, विशेष गरी ब्रिटेन÷इङ्ग्ल्याण्डबाट भएको मानिन्छ । तत्कालिन अवस्थामा राष्ट्रिय गानको उद्देश्य जनतामा राजा वा देशप्रति निष्ठा, एकता र देशभक्तिको भावना जागृत गराउनुको साथसाथै अभिव्यक्त गर्नु पनि थियो । वर्तमान परिवेशमा विभिन्न राष्ट्रहरुले आ–आफ्नो देश, काल, परिस्थितिअनुसार राष्ट्रिय गीत÷गान प्रयोगमा ल्याएको देखिन्छ ।
सर्वप्रथम सन् १७४५ तिर बेलायतमा “न्यम कबखभ तजभ प्ष्लनरत्तगभभल” गीत पहिलो पटक राजाको सम्मानमा सार्वजनिक रूपमा गाइएको थियो । यही गीतलाई बेलायतले मान्यता दिएर राष्ट्रिय गान बनेको थियो । यसै परम्पराले निरन्तरता पाएपछि अन्य देशहरुले पनि आफ्ना राजा, देश, र राष्ट्रिय एकताको प्रतीकको रूपमा राष्ट्रिय गान निर्माण गर्न थाले । बेलायतपछि फ्रान्स, स्पेन, र अन्य युरोपीयन देशहरुले पनि आफ्ना राष्ट्रिय गीत÷गान तयार गरे । समयक्रममा संसारभरका देशहरुले आफ्नो राष्ट्रिय गौरव, स्वतन्त्रता र पहिचान प्रकट गर्न राष्ट्रिय गीत÷गानलाई अँगीकार गरेको देखिन्छ । अब अन्य देशहरुको राष्ट्रिय गानको चर्चा गर्नु भन्दा हाम्रो निकटतम छिमेकी मुलुक उत्तरतिरको चीन र दक्षिणतिरको भारतको चर्चा गर्न उपर्युक्त लाग्यो । किनकि यी दुवै देशहरुसँग हाम्रो परापूर्वकाल देखि नै अत्यन्त घनिष्ट सम्बन्ध रही आएकोे छ । अझ यी दुई देशमध्ये पनि भारतसँग खुला सिमाना भएको कारण साथै धार्मिक, साँस्कृतिक, आर्थिक, र रहनसहन समेत धेरै मेल खाने र रोटी बेटीको सम्बन्ध भएकोले भारतको राष्ट्रिय गीत÷गानको विषयमा शुरुमा चर्चा गर्न उपयूक्त देखिन्छ ।
भारतको राष्ट्रिय गान
भारतको पहिलो राष्ट्रिय गान “जन गण मन” हो, जसलाई रवीन्द्रनाथ टैगोरले रचना गरेका थिए । भारतले आफ्नो संविधान स्वीकृत गरेको दिन सन् १९५० जनवरी २४ मा यो राष्ट्रिय गीतलाई राष्ट्रिय गानको रूपमा औपचारिक मान्यता दिई प्रयोगमा ल्याएको थियो ।
राष्ट्रिय गीतको रचना र पहिलो प्रस्तुति
“जन गण मन” पहिलो पटक १९११ डिसेम्बर २७ मा कलकत्तामा भएको भारतीय राष्ट्रिय कांग्रेसको अधिवेशनमा गाइयो । त्यस समयमा भारत ब्रिटिश शासनमा थियो, र यो गीतले सम्पूर्ण भारतीय जनता, उनका विविध धर्म, संस्कृति र भाषाको एकताको प्रतीक व्यक्त गरेको थियो । सर्वप्रथम यो गीत रवीन्द्रनाथ टैगोरले बंगाली भाषामा लेखेका थिए । यसको शीर्षक थियो–“भारतो भाग्य बिधाता” र यो गीतको अभिव्यक्ति वा मर्म यस प्रकारको छः “भारतको विशाल भूगोल–पूर्वमा बंगालदेखि पश्चिममा गुजरात, उत्तरमा हिमालयदेखि दक्षिणमा समुद्रसम्म– र त्यहाँ बस्ने जनताको ऐक्यवद्धता, गौरव र एकताको भावना व्यक्त गरिएको छ ।” यसले देशप्रेम र भारतको विविधतामा एकता ९ग्लष्तथ ष्ल म्ष्खभचकष्तथ० को सन्देश दिन्छ ।
स्वतन्त्र भारतले आफ्नो संविधान तयार पार्ने क्रममा विभिन्न गीतहरुमध्ये “जन गण मन” लाई राष्ट्रिय गानको रूपमा २४ जनवरी १९५० मा स्वीकृत गर्यो र त्यसैवेला बंकिमचन्द्र चट्टोपाध्यायको अर्को गीत “वन्दे मातरम्”लाई पनि राष्ट्रिय गीतको सम्मान दिइयो । यो गीत उनको सन् १८८२ मा प्रकाशित उपन्यास कृति “आनन्दमठ”बाट लिइएको थियो । “जन गण मन” लाई सम्पूर्ण रूपमा गाउन लगभग ५२ सेकेण्ड लाग्छ । यसलाई औपचारिक समारोह, राष्ट्रिय पर्वहरु जस्तै गणतन्त्र दिवस, स्वतन्त्रता दिवसको अवसरमा सम्मानका साथ गाइन्छ । “जन गण मन” को देवनागरीमा मूल पाठ यस प्रकारको छः
जन गण मन अधिनायक जय हे,
भारत भाग्य विधाता ।
.....................
जय हे, जय हे, जय हे,
जय जय जय जय हे ।।
त्यसरी नै भारतको राष्ट्रिय गीत “वन्दे मातरम”को बोल यसप्रकारको छः–
वन्दे मातरम् !
सुजलां सुफतां मलयजशीतलाम्,
...............
सुखदां वरदां मातरम् ।
वन्दे मातरम् ।।
यी माथि उल्लेखित भारतको राष्ट्रिय गान र राष्ट्रिय गीतको आ–आफ्नै महत्व र विशेषता छ । जसअनुसार राष्ट्रिय गानले राष्ट्रको एकतालाई झल्काउँछ भने राष्ट्रिय गीतले मातृभूमिप्रतिको अगाध माया, ममता र भक्तिभाव दर्शाउँछ ।
चीनको राष्ट्रिय गानको पृष्ठभूमिः
चीनको राष्ट्रिय गान अंग्रेजीमा “ःबचअज या तजभ खयगिलतभभचक” हो भने नेपालीमा अर्थ लगाउँदा “स्वयमसेवक सैनिकको मार्च” भन्न सकिन्छ । यसका गीतकार तियान हान ९त्ष्बल ज्बल० हुन । यो गीत सन ्१९३५ मा बनेको हो, जब चीनमा जापानी आक्रमणको खतरा बढदै थियो । तर सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना हुँदा यो गीतलाई अस्थाई राष्ट्रिय गान बनाइयो । यो गीत मूलरूपमा “ऋजष्मिचभल या त्चयगदभिम त्ष्mभक” भन्ने देशभक्तिपूर्ण चलचित्रका लागि लेखिएको थियो । त्यस समयमा चीनमा जापानी साम्राज्यवाद विरुद्धको प्रतिरोध आन्दोलन बलियो बन्दै गईरहेको थियो । र यो गीतले राष्ट्रिय एकता, साहस र स्वतन्त्रताको भावना जगाएको थियो । गीतका शब्दहरु देशभक्ति र प्रतिरोधको प्रतिक बने, जसको नेपालीमा अनुवादित भावार्थ यसप्रकार छः
उठ, जो दास बन्न अस्वीकार गर्छौ !
हाम्रो रगतले नयाँ पर्खाल निर्माण गरौँ !
सन् १९६६–१९७६ को साँस्कृतिक क्रान्ति कालमा गीतका लेखक तियान हानलाई “दक्षिणपन्थी” भनेर जेलमा राखिएको कारण यो गीत केहीबर्षको लागि प्रतिबन्धित पनि भयो । सन् १९८२ मा औपचारिक रूपमा संविधानमा समावेश गरी चीनको स्थाई राष्ट्रिय गान घोषित गरियो । यो गीतको प्रतीकात्मक अर्थ– स्वतन्त्रता, देशप्रेम, र अत्याचारविरुद्धको विद्रोहको प्रतीक । जनताको ऐक्यबद्धता र देशको रक्षा गर्ने अटुट संकल्पको झल्को । आज पनि चीनमा विद्यालय, खेलकुद, तथा राष्ट्रिय समारोहमा यो गीत गाइन्छ ।
चिनियाँ राष्ट्रिय गानको नेपालीमा अनुवाद
उठ ! जो दास बन्न चाहँदैनौ, ती मानिसहरु !
हाम्रो रगतले नयाँ पर्खाल निर्माण गरौं ’
चिनियाँ जाति अहिले सबैभन्दा खतराको घडीमा पुगेको छ,
हरेक जनले अन्तिम गर्जन निकाल्नुपर्छ !
उठ ! उठ ! उठ !
हामी लाखौँ जन एकचित्त भएर,
शत्रुको तोपगोला र आगो पार गर्दै अगाडि बढ्छौँ !
शत्रुको तोपगोला र आगो पार गर्दै अगाडि बढ्छौँ !
अगाडि बढ ! अगाडि बढ ! अगाडि बढ !
यो गीतले चिनियाँ जनताको एकता, साहस र स्वतन्त्रताको भावना अभिव्यक्त गर्छ । सन् १९८२ देखि यो स्थायी राष्ट्रिय गानका रूपमा चीनको संविधानमा समावेश गरिएको छ ।
राष्ट्रिय गान–राष्ट्रको ह्रदयको स्पन्दन हो । यो केवल एउटा गीत मात्र होइन, त्यो इतिहासको साक्षी हो । जहाँ राष्ट्रले आफ्नो आत्मा पाएको हुन्छ ।
भारत र चीन–यी दुई देशका राष्ट्रिय गानहरुले संसारलाई सिकाउँछन् कि साँचो देशभक्ति केवल शब्दमा मात्र होइन, त्यस्तो भावना हो जसले जनतालाई उठन्, एक हुन्, र अघि बढ्न अभिप्रेरित र प्रोत्साहित गर्छ ।
नेपालको राष्ट्रिय गीत÷गान
अब राष्ट्रिय गान सन्दर्भमा हाम्रो देशको राष्ट्रिय गीत÷गानको चर्चा गर्न सान्दर्भिक होला । “हटी हैन डटी लड्ने नेपालीको बानी हुन्छ” भन्ने गीत नेपालको पुरानो देशभक्तिपूर्ण गीतहरुमध्ये नेपाली जनताले बढी रुचाएको देशभक्तिपूर्ण गीत हो । यो गीतले नेपालीहरुको वीरता, अदम्य साहस र अडानको भावना व्यक्त गर्दछ । यसले राष्ट्रिय गीतको रूपमा मान्यता प्राप्त गरेको छैन । तर देशभक्तिको प्रतिकात्मक गीतको रूपमा विद्यालयमा गाइने चलन भने थियो । यसका रचनाकार गणेश रसिक हुनुहुन्थ्यो ।
सन्देश र अर्थः
यो गीतको मुख्य सन्देश यो हो कि नेपालीहरु कहिल्यै पनि डराएर वा पछि हटेर होइन डटेर लडने जात हुन् । “हटी हैन डटी लडने नेपालीको बानी हुन्छ” भन्ने वाक्याँशले साहस, दृढता र वीरताको चरित्र प्रकट गर्दछ । साच्चै भन्ने हो भने यो गीतले नेपालको इतिहासमा युद्धभूमिमा देखिएको गोर्खाली वीरता र राष्ट्रिय गौरवको स्मरण गराउँछ । सैनिक तालिम, राष्ट्रिय समारोह र विद्यालय कार्यक्रममा यो गीतले युवाहरुमा देशप्रेम र देशप्रतिको समर्पणको भावना जगाउँछ ।
“गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली, जय जय जय हे नेपाल सुन्दर शान्त विशाल” यो गीतलाई पुरानो राष्ट्रिय गीतको रूपमा पाउँछौँ । राजतन्त्रको समयदेखि नै यो गीत अर्ध–आधिकारिक राष्ट्रिय गीत ९त्तगबकष् ल्बतष्यलब िक्यलन० का रूपमा प्रयोग हुँदै आएको थियो । यसका गीतकार÷रचनाकार माधवप्रसाद घिमिरे हुनुहुन्थ्यो भने संगीतकार उस्ताद गोविन्दलाल हुनुहुन्थ्यो । यो गीत सन् १९५० (वि.सं. २००७ पछि) प्रचलनमा आएको मानिन्छ ।
राष्ट्रिय गीतको सन्देश र अर्थः
“गाउँछ गीत नेपाली ज्यातिको पङ्ख उचाली, जय जय जय हे नेपाल सुन्दर शान्त विशाल” भन्ने पङ्क्तिले नेपाली नागरिकहरु गौरवका साथ आफ्नो पहिचान र संस्कृति उजागर गर्दै अघि बढ्ने भाव व्यक्त गर्दछ । यो गीतले नेपालको साँस्कृतिक एकता, स्वतन्त्रता, साहस र सम्मानको भावना अभिव्यक्त गर्दछ । गीतले नेपालको वीर योद्धा, सुन्दर प्रकृति, सुसंस्कृत समाजको चित्रण पनि गर्दछ ।
यो गीतले नेपालको राष्ट्रिय भावना र पहिचान उजागर गरेको छ । राजसंस्थाको प्रत्यक्ष प्रशंसा नगरी यो गीतले सम्पूर्ण नेपालीहरुको गौरव र सभ्यतालाई उचो स्थान दिएको छ । त्यसैले यो गीत लामो समयसम्म “राष्ट्रिय भावना बोकेको गीत” भनेर सबैले आदरपूर्वक गाइँदै आएको छ ।
निष्कर्ष
माथि उल्लिखित दुवै गीतले नेपालीहरुको वीरता, देशभक्ति र राष्ट्रिय पहिचानलाई उजागर गर्छन् । पहिलो गीतले साहस र वीरताको आत्मा व्यक्त गर्छ भने दोस्रो गीतले संस्कृति, एकता र राष्ट्रिय गौरवको प्रतिक हो । यी दुवै गीतहरुले नेपाल र नेपालीको आत्मगौरव, इतिहास र पहिचानलाई उजागर गर्ने अमूल्य राष्ट्रिय सम्पदाका रूपमा स्थान पाएका छन् ।
नेपालको राष्ट्रिय गानको पृष्ठभूमि अत्यन्तै रोचक र ऐतिहारिक रूपमा महत्वपूर्ण छ, किनभने यसले राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण भएको नेपालको राष्ट्रिय चेतनालाई प्रतिनिधित्व गर्छ । नेपालको पुरानो राष्ट्रिय गान “श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापि भूपति” हो । यसका रचयिता चक्रपाणी चालिसे हुन् । संगीतकार बखत बहादुर बुढापिर्थी हुन । यो गान वि.सं. २०१८ मा राजा महेन्द्रको शासनकालमा आएको हो । यसले राजालाई स्तुति गर्ने भाव बोकेको थियो । गानको बोलबाट नै देशको प्रतीक राजा हुन् भन्ने धारणा प्रस्ट देखिन्छ । किनकि त्यसबेला नेपालमा राजतन्त्र थियो, त्यसैले गान पनि राजा केन्द्रित थियो ।
वि.सं. २०६२÷६३ को लोकतान्त्रिक आन्दोलनपछि नेपालमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भयो । त्यसपछि पुरानो गान “श्रीमान् गम्भीर नेपाली” राजसंस्थासँग जोडिएको कारण, नयाँ गणतान्त्रिक नेपालको भावना प्रतिबिम्बित गर्न सक्ने नयाँ राष्ट्रिय गान आवश्यक ठहरियो । अनि सरकारद्वारा २०६३ सालमा नयाँ राष्ट्रिय गानका लागि खुल्ला प्रतियोगिता घोषणा गरियो । देशभरबाट सयौंँ गीतहरु सङ्कलन गरिए । तिनमध्ये प्रदीपकुमार राई (व्याकुल माइला) द्वारा लेखिएको “सयौँ थुँगा फूलका हामी” छनोट भयो । यसको संगीत प्रख्यात संगीतकार अम्बर गुरुङ्गले दिए । यो नयाँ राष्ट्रिय गान नेपाल सराकार, मन्त्रिपरिषद्ले मिति वि.सं. २०६३ असार २१ गते् स्वीकृत भएको घोषणा गर्यो । त्यसपछि यो गीत नेपालको आधिकारिक राष्ट्रिय गान भयो ।
सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची–महाकाली।
प्रकृतिका कोटी–कोटी सम्पदाको आँचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृती छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।
यो नयाँ राष्ट्रिय गानले नेपालको विविधता, स्वतन्त्रता, राष्ट्रिय एकता र समृद्धिको प्रतीकात्मक अभिव्यक्ति गर्छ । नयाँ गानमा राजा वा कुनै व्यक्ति होइन, सम्पूर्ण नेपाली जनताको पहिचान केन्द्रमा राखिएको छ । यसले नेपालको पहिचानलाई लोकतान्त्रिक र समावेशी भावनामा बाँधेको छ ।
गानाको भावार्थ यसप्रकारको छ ः–
१. “सयौँ थुँगा फूलका” भन्ने शब्दले नेपालमा रहेका विविध जात, भाषा, धर्म, संस्कृति, भौगोलिक क्षेत्र र परम्पराहरुलाई जनाउँछ । यहाँका मानिसहरु विविध रङ्का फूलहरुजस्तै फरक–फरक रूप, संस्कृति र सोचका धनी छन् । ती सबै फूलहरु एउटै माला (राष्ट्र) मा गुथिएका छन् भन्ने अर्थमा प्रयोग गरिएको हो ।
२. “हामी एउटै माला नेपाली” एकताको प्रतीक हो । गीतको दोस्रो पङ्क्ति “एउटै माला नेपाली” ले स्पष्ट पार्छ किः हामी फरक थुँगा (व्यक्तिहरु) भए पनि एउटै मालामा गुथिएका नेपालीहरु हौँ । यो एकता कुनै एक जात, धर्म वा वर्गको होइन–सम्पूर्ण नेपाली जनताको साझा पहिचान हो ।
३. विविधतामा एकता ९ग्लष्तथ ष्क म्ष्खभचकष्तथ०ः नेपालमा हिमाल, पहाड र तराईका मानिसहरु, विभिन्न भाषा र धर्मका समुदायहरु छन् । तर ती सबै मिलेर “ एक सम्पूर्ण राष्ट्र–नेपाल” बनाउँछन् । त्यसैले “सयौँ थुँगा फूलका हामी” शीर्षकले विविधतालाई स्वीकार गर्दै एकताको सौन्दर्य देखाएको छ ।
४. राष्ट्रिय भावना र आत्मगौरवको अभिव्यक्तिः यो शीर्षकले देशभक्ति र आत्मगौरवको भावना पनि जगाउँछ । यसले नेपालीहरुलाई सम्झाउँछ कि हामी सबै मिलेर बनेको राष्ट्र स्वतन्त्र र सार्वभौम छ । कुनै एक फूल (व्यक्ति÷समुदाय) मात्र नभई सबैको सहभागिताले देश सुन्दर र सशक्त बन्छ ।
५. “फूल” सौन्दर्य, शान्ति र प्रेमको प्रतिक हो । “माला” एकता, बन्धन र साझा पहिचानको प्रतीक हो । त्यसैले “सयौँ थुँगा फूलका हामी” शीर्षकले भन्न खोजेको हो ः “ हामी सबै नेपालीहरु फरक–फरक भएर पनि एउटै देशको माला हौँ–नेपाल”
०००
थप सुझवको लागि ः ९८४१३३४११३, ९८४१३४९३१९
इमेल ः कजचभकतजबचपछण्द्द२नmबष्।िअयm
