भक्तपुर–२ मा पाँंचपक्षीय टक्करको सम्भाबनाः स्वतन्त्र उम्मेदवार महत पनि अगाडि वढ्दै
माघ ५, २०८२, सोमबार | दिउँसो १२:५६ बजे | 570
भक्तपुर । भत्तपुर क्षेत्र नं २ मा पाँंच पक्षीय टक्कर हुने सम्भावना देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा, नेपाली कम्यपुनिष्ट पार्टी, नेपाल मजदुर किसान पार्टीसँंगै स्वतन्त्र उम्मेदबार नविन कुमार महत पनि अगाडि वढेका छन् ।
भक्तपुर क्षेत्र नम्बर २ मा रास्वपाबाट राजीब खत्री उम्मेदवार बन्ने लगभग टुंगो लागेको छ । पूर्व पत्रकार खत्री केही समयअघि पार्टीमा प्रवेश गरेका भए पनि उनका राजनीतिक अनुभव र नेतृत्व क्षमता यस क्षेत्रको प्रतिस्पर्धामा खास प्रभाव पार्न सक्ने देखिँदैन । यसअघि चर्चामा रहेका साजन विक र रास्वपाका खगेन्द्र सुनार पनि चुनावी मैदानमा ठोस प्रभाव बनाउन सकेका छैनन् ।
त्यस्तै, नेकपा एमालेका सचिव महेश बस्नेत र कांग्रेसबाट जिल्ला सभापति दुर्लभ थापा पनि मैदानमा छन्, तर उनका प्रभाव क्षेत्र सीमित देखिन्छ । यी नेताहरूको नेतृत्त्व र लोकप्रियता अहिलेको स्थानीय सन्दर्भमा निर्णायक भूमिका खेल्न सक्ने अवस्था छैन । नेपाली कम्युनिष्ट पार्टीकोतर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा रामप्रसाद सापकोटा “ दिपशिखा“ ले उम्मेदवार टुंगिएको छ ।
त्यसैबीच, स्वतन्त्र उम्मेदवार नविन कुमार महत लामो समयदेखि सक्रिय छन् । प्राविधिक अध्ययनमा दक्ष, इमान्दार र बौद्धिक नेतृत्व क्षमतासहितको उनको उपस्थितिले प्रतिस्पर्धालाई अप्रत्याशित मोड दिन सक्छ । पूर्व नेपाल एकता पार्टीका प्रवक्तासमेत रहेका महतले स्वतन्त्र रूपमा मैदानमा प्रवेश गर्दा, स्थानीय मतदाता र निर्वाचनको परिणाममा उनको प्रभाव फैलिन सक्ने देखिन्छ ।
स्थानीय स्रोतका अनुसार नविन महतले आफ्नो सक्रियता र लोकप्रियताका कारण यहाँको चुनावी समीकरणमा नयाँ गतिको संभावना ल्याउन सक्ने बताइन्छ । यस क्षेत्रमा यसअघि नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले तेश्रो स्थान सुरक्षित गरेकी थिइन् ।
