भक्तपुर २ मा रास्वपाबाट कसको उम्मेदबारी पर्दैछ? 


माघ ५, २०८२, सोमबार | दिउँसो १२:०६ बजे | 310


भक्तपुर २ मा रास्वपाबाट कसको उम्मेदबारी पर्दैछ? 

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीब खत्री उम्मेदवार बन्ने करिब टुंगो लागेको छ । रास्वपाले खत्रीलाई भक्तपुर–२ मा उम्मेदवारी दिने भएको एक नेताले बताए ।
पूर्व पत्रकार उनी केही समयअघि रास्वपा प्रवेश गरेका थिए ।
यसअघि यस क्षेत्रमा साजन विकको नाम चर्चामा थियो । समानुपातिकमा परेका उनले कुलमान घिसिंगको उज्ज्यालो नेपाल पार्टीसँंगको एकताबाट प्रत्यक्षमा उम्मेदबारी दिने बताउँंदै आएका थिए । साथै रास्वपाकै नेता खगेन्द्र सुनार पनि चर्चामा थिए । 
यही क्षेत्रमा नेकपा एमालेका सचिव महेश बस्नेत पनि उम्मेदवार छन् । साथै कांग्रेसबाट पार्टी जिल्ला सभापति दुर्लभ थापा एक नम्वरको सिफारिसमा छन् । साथै यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीको पनि पकड छ । यस हिसावले यहाँंको निर्वाचन परिणाम अहिले नै आकनलन गर्न सकिने अवस्था छैन । 

Comments