यो वर्ष कालो वर्ष


माघ ५, २०८२, सोमबार | विहान १०:१३ बजे | 105


यो वर्ष कालो वर्ष

कुमार लघु,ख्वप 
शुभ विहानी भाइ बहिनीहरूमा ,
हिजो सोसेल विषय पढाउन थालियो । आज तपाईहरूसित बसेर छलफल गराै भनी मन लगाएर यहाँ गफलाई कुम्हाले ले जस्तै काम थालेको छु ।        भाइ बहिनीहरूले सर आज पृथ्वीको संरचनामा जानुपर्छ भने र मैले पनि भाइ बहिनीलाई उहाँहरूले भने अनुसार कै पाठ पढाउँदै गए ।
 ल सुनु होस् भाइ बहिनीहरू पृथ्वी कसरी निमार्ण भएको छ यी तलका तस्विरहरूलाई गम्भीर भएर नियाल्नुस् भनी विषय वस्तुमा भएको  मूख्य आकर्षणलाई नै कोट्याउन दिए । एकजना भाईले ट्वाक सर अमेरिकाले सार्वभाैम मुलुक भेनेजुयलालाई आक्रमण ग-र्यो किन सर भनी प्रस्न म तिर सोधि हले र म‌‌ैले वर्तमान सन्दर्भमा चलिरहेको  आफूसित तथ्थहरू भएको कुराहरूले भाइ बहिनीहरूलाई भने र सुनिरहेका थिए । हेर भाइ बहिनीहरू पृथ्वी तीन तह मिलेर अण्डाको वनोट झ‌ै वनेको हुन्छ फेरि तस्विर तिर नै हेर्नुस् भने ....
            त्यो पाठको तस्विर हर्दा हेर्दै एक जना बहिनीले सर भेनेजुयलामा अमेरिकाले किन आक्रमण गरे ? 
मैले सब‌ै भाइ बहिनीहरूलाई ल सुन्नुस् है । अमेरिका एउँटा विश्र्वको व्यापार व्यवसायमा आैध्योगिक मुलुकमा अगाडि वढेको राष्ट् हो भन्ने । अनि होईन् सर भेनेजुयलालाई अमेरिकाले किन आफ्नो मुठ्ठीमा पारे भन्ने प्रस्न माथी प्रस्न थपे । हेर राम्रोसित ध्यान दिनुस् । सानै बेला देखि यसरी एकदेशले आर्को देशलाई आक्रमण किन भयो गरे भनी उत्सुकता जाग्नु पनि राम्रो हो । हेर सानो माछाले ठुल्लो माछालाई खान्छ है त्यसैले ठुल्लो राष्ट् अमेरिकाले कुनै बाहानामा भेनेजुयला मुलुक खानीको मुुलुक देश भएकोले भेनेजुयलाको खनिजहरू जस्तै सुन तेलको खानीले  संसारलाई चाहिने तेल र सुन कव्जा गरि व्यापार गर्न कव्जा गरेको हो । त्यो देशवाट उत्पादन भएको तेलको व्यापार आधा त विगतमा चिनसित व्यापार गरेर भेनेजुयलाले आम्दानी गरेको हो ,चिनले तेल लगेको हो । त्यो अमेरिकालाई सह्य  भएन् , अमेरिकाले चिनले लिएर उसको हिसाबमा चिन व्यापार व्यवसायमा अगाडि वढ्ने भयो भन्ने अनुमानले भेनेजुयलालाई नै आफ्नो कव्जामा लिएको हो । खानिको देश भएकोले नै डाडागिरी गरेर हातहतियारवाट युध्द गरेर देशको साथै त्यहाँका राष्ट् प्रमुख र उसको श्रीमतीलाई कव्जाका लिई अमानविय तवरले अपहरण गरेर नक्कलि मुद्दामा कार्वाही गरिरहेको छ भन्ने ।  त्यो दिन विश्र्वका जनताहरूलाई कालो दिन हो । किन कि अमेरिकाले स्वतन्त्र राष्ट्लाई कव्जामा लिएको हुनाले नै त्यो दिनलाई कालो दिन भनेर भनेको हो । आजको दिन सबेरै कालो चिसो विहानी बन्यो । कालो कनलोले पृथ्वीका भागहरू नै नियाल्न कठिनको दिन थियो मैले पनि आजको दिनलाई कालो दिन हो भनेर मनमा सर्टक भएको छु । चिसो अत्यधिक चिसो थियो, छ टाढा टाढा हेर्न नि अप्थारो छ । अमेरिकाले भेनेजुयला देश निल्नुको राजनैतिक कारणले हो । डोनाल्ड ट्म्पले ग्रीन्ड लायण देश उसलाई मन प-र्यो रे किन्छु भनेर हल्ला फैलाएको छ है । त्यो वाहना हो । 
           भाइ बहिनीहरू आज विषय वस्तु भन्दा अलग गएर नलेज वढाउन चाहान्थो । यी विषयमा आर्को दिनमा छलफल गराै भन्दै गर्दा कालो माहादेश छ नि सर म ग्लोव ल्याउँछु सर भनी उठेँ मैले भने जाऊ लिएर आऊ । ग्लोवको map लिएर हेर्न थाले अमेरिका,रूस, चिन, कोरिया भेनेजुयलाको एक आपसमा अमेरिका भन्दा यति उति टाढा समुन्द्र निलो पानी जति समुन्द्र हो । जमिन एक भाग पानी तीन भागले यो पृथ्वी वनेको छ ।  
                पृथ्वीमा ठुलठूला पानीको भागलाई माहा सागर भनिन्छ । जमिनको भागलाई माहादेश भनिन्छ, ७ वटा माहादेशहरू छन् । भाइ बहिनीहरू । हामीले पृथ्वीमा पृथ्वीलाई निलो ग्रह भनेर भनिन्छ भने आठ वटा ग्रहहरूछन् थाहा लिई राख्नुपर्छ । हाम्रो आँखा सानो छ सानो भएकोले पृथ्वीका सम्पूर्ण भागहरू एकै पटक देख्न सकिन्दै है भाइ बहिनीहरू भनी भने । पृथ्वी उसिनेको अण्डा जस्ती तीन तहहरू मिलेर वन्नेको जस्तै बनेको हुन्छ । ठोस चट्टानले वनेको भागलाई क्रस्ट ,ठोस चट्टान वा आधा पग्लिएको बाहिरी तहलाई म्यान्टल र सबै भन्दा भित्री तहलाई कोर भनिन्छ । अण्डाको बाहिरी पत्र, अण्ठाको विचको भाग र अण्डाको भित्री भाग ह‌ै भाइ बहिनीहरू पृथ्वीलाई त्यसरी तुलनागरि लेखिएकाछन् । यसरी यी कुराहरू बाहिर ल्याउनलाई वैज्ञानिकहरूले अथक प्रयास गरेको देखिन्छ ।  सा‌ैर्यमण्डल भनेको सूर्य,तारा ,ग्रहहरू र उपग्राहहरूको परिवार हो है । भाइ बहिनीहरू आज किन मैले यो पृथ्वीको बारेमा चर्चा गरे जस्तो तिमीहरूलाई लागेको हुनु पर्छ । अझै हामीले यस्ता थुप्रै कुराहरू थाहा पाउन बाकी छ । सूर्यको कुनै भाग विस्फोट भएर मात्र यो पृथ्वीको वनोट भएको कुरा लिई साथीहरूसित छलफलले अझै वढि पृथ्वीको बारेमा तृषा मेट्न सकिन्छ । पृथ्वीमा वन जङ्गलले १६% जग्गा आेगटेको पाईन्छ । सूर्यको लाईटले नै पृथ्वीमा झिलिमिली भएको र घामले चिसो कम गर्न सकेको हो । भाइ बहिनीहरू चिसोवाट हामीहरू सबै वच्नुपर्छ । चिसोले हामीलाई निमोनिया लाग्छ । चिसोवाट वच्न बाक्लो लुगाफाटो लगाई पढन् लेख्न छोड्नु हुन्दैन् । समय खर्च भएपनि फर्किन्दैन् है। आट्न्टिका माहादेश छ है । त्याहाँ बह्रै महिना अध्याँराे हुने माहादेश हो । चिसो र अँध्यारो माहादेश त्यसैले भन्दो रहेछ । म‌ैले अमेरिकाले भेनेजुयलालाई निल्न खोजेकोले कालो वर्षको रूपमा मूख्य गरिकन लिएको छु । 
 ल त आजलाई यति जानकारी दिन्दै विदा हुन्छु समयले साथ दिएमा फेरि भेटाैला । नमस्कार ,धन्यवाद 

२०८२/१०/५ गते

Comments