सकियो सरस्वती स्कुल सुडालको ६४ औं वार्षिकोत्सव


माघ ४, २०८२, आइतबार | राति ०९:४८ बजे | 225


सकियो सरस्वती स्कुल सुडालको ६४ औं वार्षिकोत्सव

भक्तपुर । श्री सरस्वती माध्यमिक विद्यालय चाँंगुनारायण नगरपालिका वडा नं ८ भक्तपुरको ६४ औं वार्षिकोउत्सव आइतबार स्कुल परिसरमा सकिएको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 
कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्व उपप्रमुख हरिप्रभा खड्गी, जिल्लाको चाँंगुनारायण नगरपालिकाका उपप्रमुख रमेश वुढाथोकी, चाँंगुनारायण नरपालिकाका निवर्तमान प्रमुख एवं एमाले नेता सोम मिश्र, चाँंगुनारायण नगरपालिका वडा नं ८ का वडा अध्यक्ष जनक खत्रीलगायतका विशिष्ट महानुभाबहरु अतिथिका रुपमा थिए । 
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जिव पुरी, विद्यालयका प्रधानाध्यापक टिकाराम पाण्डेयलगायतले विद्यालयका विविध विषयमा चर्चा गरेका थिए । कार्यक्रमको क्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पनि गरिएको थियो । 
सिक्का संकलक दाजुबहिनीलाई सम्मान
भक्तपुरमा पुराना सिक्काहरु संकलित गर्ने दुई दाजुबहिनी सम्मानित भएका  छन् । भक्तपुर घर भई हाल काठमाडौं वस्ने एकै परिवारका दुई दाइबहिनी लक्ष्यजित मल्ल र समृद्धि मल्ल सम्माति भएका हुन् । उनीहरुलाई प्रमुख अतिथिले सम्मान गरेका हुन् । 
पाँंच पत्रकार सम्मानित
कार्यक्रममा पाँच जना पत्रकारहरु पनि सम्मानित भए । ती पत्रकारहरुमा कृष्ण किसी, प्रेमध्वज लामा, हरिसुन्दर छुकाँ, कृष्ण नेपाल र हरिशरण लामिछाने रहेका छन् । 
 

फाेटाेमा हेर्नुहाेस्...

सकियो सरस्वती स्कुल सुडालको ६४ औं वार्षिकोत्सव

Comments