अब गाउँ गाउँमा किन जानू पर्याे ?
माघ ४, २०८२, आइतबार | विहान १०:२९ बजे | 890
अब गाउँ गाउँमा किन जानू पर्याे
कुनै ब्यबस्था किन मान्नु पर्याे
कुनै राजनीतिक दलको किन बन्नु पर्याे
कसैलाई किन नेता मान्नु पर्याे
अब म आफै नेता बन्छु
मैले एउटा दुताबास समाते पुग्छ
मिडिया उसैले किनिदिन्छ
पार्टी उसले मिलाइदिन्छ
निर्वाचन आयोग उसैको इसारा मान्छ
अदालत उसैले किनबेच गर्छ
अब त मेरो चर्चै चर्चा चारै तिर हाइहाइ
जनता गरिब छन् बेरोजगार छन्
उनिहरु भर्याङ मात्रै हुन् , मैले मिठो सपाना बेचेकै छु
उनीहरु मेरा कुरा मान्न बाध्य छन् , नत्र उपाए छैन
म सब सत्तामा पुगेपछी सब ठिक परिदिन्छु
म प्रधानमन्त्री बन्छु
मैले दुतावास मिलाएको छु
उसको निति र मेरो गराइ मिलेको छ
अब मेरो कुरा बिक्छ मैले भनेकै मान्नु पर्छ
मेरो युग सुरु भईसकेको छ
मेरो झुट मिडियाले सत्य बनाईदिनेछ
मेरो अपराध अदालतले धोइपखाली सफाइ दिनेछ
मेरो चरण बन्दाना गाउन बिबेकी बुद्धिजीवी तयार छन्
मलाइ उसैले जिताईदिन्छ
के गर्ने उसैले स्क्रिप्ट दिएको छ
उसकै रणनीति समातको छु
अब एक थान प्रधानमन्त्री म भईहाल्छु
म बन्न पाए भक्तीगान गाउनेले राष्ट्र भक्ती पनि गाइदिनेछन्
मैले यत्रो स्वाधीनता दाउमा राखेको छु
जसरी पनि प्रधानमन्त्री बन्नेछु
मैले सबथोक बिदेशीको पाउमा चढाएको छु ।
अर्पणा खड्का
दुधौली– ४ सिन्धुली
