ब्रेकिंग न्यूजः बालेन भक्तपुरको नवदुर्गा मन्दिरमा 


माघ ४, २०८२, आइतबार | विहान ०९:५४ बजे | 980


ब्रेकिंग न्यूजः बालेन भक्तपुरको नवदुर्गा मन्दिरमा 

विनिशा राजबंशी
भक्तपुर । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह आज बिहान करिब ९ः१५ बजेतिर भक्तपुरस्थित नवदुर्गा मन्दिरमा दर्शन गर्न पुग्नुभएको छ । उहाँले नवदुर्गा भगवतीको दर्शन गर्दै देश र जनताको सुख, शान्ति तथा समृद्धिको कामना गर्नुभएको हो ।
दर्शनका क्रममा बालेनले मन्दिरमा उपस्थित भक्तजनहरूसँग आत्मीय अभिवादन गर्नुभयो । सोही क्रममा उहाँले केही बालबालिकासँग पनि फोटो खिचाउनुभएको थियो । वालेनको आगमनले मन्दिर परिसरमा रमाइलो र आत्मीय वातावरण सिर्जना गरेको थियो ।
बालेनको आगमनलाई भक्तजनहरूले सकारात्मक रूपमा स्वागत गरेका छन् । यसलाई धार्मिक आस्था र सामाजिक मेलमिलापको प्रतीकको रूपमा हेरिएको छ । निर्वाचनमा विजयी पाउन आर्शिबादका लागि पनि मन्दिर आएको चर्चा छ । (प्रशिक्षार्थी) 
 

Comments