स्मृतिमा ज्ञानबहादुर दाइको अनुकरणीय व्यक्तित्व


पुष ३०, २०८२, बुधबार | दिउँसो १२:३१ बजे | 415


स्मृतिमा ज्ञानबहादुर दाइको अनुकरणीय व्यक्तित्व

तुल्सी नारायण लाखेमरु
श्रद्धेय स्वर्गीय ज्ञानबहादुर न्याइच्याई जनताका आदरणीय व्यक्ति हुनुहन्थ्यो । एक साधारण घरमा बसेर जनताको दुःख सुख बाँड्ने उहाँ सादाजीवन उच्च विचारका व्यक्ति हुनुहुन्थ्यो । किसानहरुको मोहियानी कायम गर्न, बाली बुझाइसकेपछि भर्पाई उपलब्ध गराउन उहाँको सक्रिय भूमिका रह्यो । 
देश र जनताको सेवा गर्न उहाँ वडाध्यक्ष र नगरप्रमुख पनि बन्नुभयो । जनतामा जनचेतना जगाउन र आफ्नो लागि आफैले सफा गर्नुपर्छ भन्ने भावना फैलाउन उहाँले सफाई अभियानमा कुचो समाउनु भयो । 
उहाँ बाली काट्ने आन्दोलन, साँढे धपाउने आन्दोलन र मोहियानी हक जोगाउने आन्दोलनमा सरिक हुनु भयो । यसबारे गरिव किसानहरुको घर आँगनमा पुग्नुभयो र किसानहरु सङ्गठित र एकत्रित गर्न सघाउनुभयो । 
जसरी भूमिबाट उत्पादित धान, गहुँ, फलफूल पहिले देवतालाई चढाइन्छ, बगैँचामा फलेका फलफुल, अदुवा, काँक्रो पहिले भीमसेन देवतालाई चढाइन्छ । यसरी ने राजनीतिक कार्यकर्ताहरुे पनि पार्टीलाई जीवन्तता दिन श्रद्धापूर्वक ऋतुकालीन चन्दा दिनुपर्छ भन्ने भावनाबाट म प्रभावित भएँ ।
किसानहरुको भेलामा उहाँले सुनाउने विचार र भावना म अरु साथीहरु सित बाँड्थे । आफ्नै टोलका बाजैबज्यै र किसान दाजुभाइहरु समक्ष राख्थेँ र बताउथँे । कथा मार्फत् जनताको पीडा, व्यथा र शत्रुले गर्ने छलकपटको कुरा बुझ्दा, सुन्दा हामी आफ्नो विचार फराकिलो भएको महशुस गथ्यौँ । उहाँका त्यस्तै विचार सुनेर धेरै साथीहरु सचेत भए, शत्रुले गर्ने षडयन्त्रबाट जनता सचेत भएको महशुस भयो । एक देश भक्त र इमान्दार कार्यकर्ताले निर्वाह गर्नुपर्ने भूमिका ज्ञानबहादुर दाइले गर्नुभएको थियो । त्यो अरु कार्यकर्ताहरुको लागि अनुकरणीय छ, शिक्षाप्रद छ ।
 

Comments