बुद्धपार्कमा ल्होछार कार्यक्रम सम्पन्न
फाल्गुन ५, २०७७, बुधबार | दिउँसो ०१:१७ बजे | 25
अस्मिता वाइबा
काभ्रे । २५५७ औं लाङ सोनाम ल्होछारको अवसरमा धुलिखेल नगरपालिका वडा नं ४ बखुण्डोलस्थित बुद्धपार्कमा ल्होछार कार्यक्रम भव्य रुपमा सम्पन्न भयो ।
धुलिखेल नगपालिकाका नगर प्रमुख एव नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुले कार्यक्रमलाई सम्वोधन गर्दै २०६२।०६३ को आन्दोलनले लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि सवै नेपालीहरुको धर्म, भाषा, संस्कृति समान रुपमा राज्यले स्थान दिएको बताउँंदै धुलिखेलमा मञ्जुश्रीको प्रतिमा स्थापना गरेर बौद्ध धर्मालम्वी समुदायको प्रतिनिधित्व धुलिखेलबाट नै घोषणा गर्दै नगरपालिकाले ल्होछारको अवसरमा एक दिन सार्वजनिक विदा दिने घोषणा गनुभएको छ । काभ्रे । २५५७ औं लाङ सोनाम ल्होछारको अवसरमा धुलिखेल नगरपालिका वडा नं ४ बखुण्डोलस्थित बुद्धपार्कमा ल्होछार कार्यक्रम भव्य रुपमा सम्पन्न भयो ।
कार्यक्रममा अन्तर्राष्टिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा, अन्तर्राष्टिय तामाङ परिषदका उपाध्यक्ष तथा आयोजक समितिका सचिव अस्मिता बोहरा, नगरपालिकाका उपप्रमुख विमला शर्मालगायतले बोल्नुभएको थियो ।(प्रशिक्षार्थी)