विनायक शिक्षा निकेतनमा विदाई तथा शुभकामना कार्यक्रम


पुष २८, २०८२, सोमबार | राति ०७:१९ बजे | 310


विनायक शिक्षा निकेतनमा विदाई तथा शुभकामना कार्यक्रम

मध्यपुर थिमी! यही पुस ३० गतेदेखि माघ २ गतेसम्म पोखराको सेन्ट मेरिज स्कुलमा आयोजना हुन गइरहेको students quality circle को राष्ट्रिय सम्मेलनमा विनायक शिक्षा निकेतनका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाको नेतृत्वमा भाग लिन जानुहुने १५ जना छात्र छात्राहर को टोलीलाई विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले एक समारोह बीच आज विदाई गर्नुभयो! विदाई कार्यक्रममा बोल्नुहुँदै सहायकप्रिन्सिपल प्रेमप्रसाद निरौलाले SQC ले विद्यार्थीहरूमा चिन्तनशील र तार्किक क्षमता अभिवृद्धि गर्नमा सहयोग पुर्‍याउने भएकोले विद्यार्थीहरू ले यो ठूलो अवसरको रुपमा लिनुपर्दछ। संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले राष्ट्रिय तहको कार्यक्रममा सहभागी हुन पाउनु विद्यार्थीहरूको लागि यो ठूलो अवसर हो। विद्यार्थीहरूले अनुशासित भएर आफ्नो क्षमता प्रदर्शन गर्नुहुने विश्वास व्यक्त गर्नुभयो। रहोस् समरण रहोस् विनायक शिक्षा निकेतनले राष्ट्रिय अन्तर्राष्ट्रिय तहको विविध शैक्षिक कार्यक्रमहरूमा विद्यार्थीहरूलाई सहभागी गराउँदै आइरहनुभएको छ।

Comments