राष्ट्रिय एकता दिवस


पुष २७, २०८२, आइतबार | राति ०७:०८ बजे | 600


राष्ट्रिय एकता दिवस

डा इन्दुल केसी

ए ! कता ?
तिमी उता म एता
हामी सबै कता कता ?
विवशतामा पनि मनाइन्छ, दिवस
के यस्तै हो त राष्ट्रिय एकता दिवस ?

तिस्ता र काँगडा, खोई सिमाना ?
हाम्रा जङ्गी पिल्लरहरु कता कता ?
शक्तिशाली अमेरिकी राष्ट्रपति ट्रम्प
भेनेज्वेलालाई राख्छ आफ्नो कब्जामा
इजरायलको हमला अरब मुलकमा
स्वदेशमा, विदेशमा, यस्तै सबैको घरघरमा
कता कता, खोई एकता ?

निर्वाचनको बेला हाम्रा नेताहरु बोल्छन्
झुठा आश्वासनहरु दिन्छन्
सोझा सीधा निमुखा जनता
फोस्रो आश्वासनमा फस्दछन्
सबतिर डामाडोलै डामाडोल
के यस्तै हो त राष्ट्रिय एकता दिवस ?

कति लेख्ने कति पोख्ने ? 
कसले सुन्छ, कसले पढ्छ ?
घर घरमा झगडा, दाजुभाईको 
अदालतमा तारिख पैतृक सम्पतिको
नाना जातजाति, भाषा भाषीको बीच
एकअर्कामा हिलो छ्यापाछ्याप
कसरी मनाउने हो, राष्ट्रिय एकता दिवस ?
 

२०८२÷९÷२७ गते

Comments